पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
नेपाली समाज बडो विचित्र विशेषताहरूले भरिएको छ । अनेक सम्भावना हुँदाहुँदै पनि एक्काइसौं शताब्दीको उत्तराद्र्धमा आइपुग्दा समेत आधारभूत आवश्यकताकै बारेमा चिन्तित भएर बाँच्नुपर्ने नियति समकालीन नेपालको यथार्थ हो ।
आँखिर किन यस्तो भयो त ? यो एक सामान्य प्रश्न हो । तर यो प्रश्नको उत्तर सजिलो र सपाट छैन ।
नेपाली समाजको चरित्र र मनोविज्ञानबारे चर्चा गर्नुअघि पंक्तिकारले बाल्यकालमा सुनेको एउटा दन्त्यकथा उल्लेख गर्नु सान्दर्भिक हुन्छ ।
उहिले, ऐना मानिसको दिनचर्याको हिस्सा बन्नुअघिको कुरा । पहाडको कुनै गाउँमा हुर्किएर ‘इन्डियन आर्मी’मा भर्ती भएको एउटा लाहुरेले छुट्टिमा घर आउँदा ऐना लिएर आएछ । त्यो ऐना उसले आफू सुत्ने, बस्ने गरेको धन्सार (पहाडमा हुने दुईतले गोठको माथिल्लो तला) को भित्तामा राखेछ । लाहुरेकी श्रीमतीले एकदिन लाहुरे आफ्नो कोठाबाट मस्किँदै, मख्ख पर्दै निस्केको देख्छिन् ।
श्रीमतीको मनमा शंका पर्छ । उपरान्त लाहुरेले थाहा नपाउने गरी कोठामा पसेर नियाल्दै जाँदा लाहुरेनीले आफ्नै तस्वीर ऐनामा देख्छिन् । भित्तामा राखिएको ऐनामा तरुनी युवती देखिएपछि शंकाले लंका जलाउँछ । अन्ततः लाहुरेनी आफ्नो श्रीमानले कुनै महिलालाई धन्सारमा राखेको निष्कर्षमा पुग्छिन् ।
लाहुरेनीले घटनाको बेलीविस्तार लगाउँदै छोराले दोस्री श्रीमती ल्याएको कुरा सासुलाई सुनाउँछिन् । छोरोको बारेमा अपत्यारिलो खबर सुनेपछि लाहुरेकी आमा छोरा–बुहारीको कोठामा पसेर हेर्छिन् । बुहारीले बताए बमोजिम ऐनासामु उभिँदा सासुकै तस्वीर देखिन्छ । लाहुरे छोरोले दाँत फुक्लेकी बुढी आईमाईलाई आफ्नो कोठामा लुकाएर राखेको देखेपछि आमा पनि डाँको छोडेर रुन थाल्छिन् । सासु, बुहारीको रुवाबासी चल्छ । बुहारी सौता भित्रिएको पीरले रुन्छे । सासुचाहिँ दोस्री श्रीमती ल्याएपनि त्यस्ती बुढी नल्याएको भए हुने भन्ने चिन्ताले पिरोलिन्छन् ।
यसप्रकार ऐनाको कथा सासु–बुहारीको रुवाबासीमा पुगेर टुंगिन्छ । कथामा लाहुरे घरमा आएपछि के होला ? भन्ने प्रश्नको जवाफ छैन ।
कथामा उल्लेखित लाहुरेकी आमाको जस्तो नियतिमा आजको नेपाली समाज गुज्रिरहेको छ । अर्कोतर्फ नेपालका राजनीतिक दलहरू लाहुरेकी श्रीमतीको जस्तो मनोदशाबाट गुज्रिरहेका छन् । जसलाई न त लाहुरेमाथि भरोसा छ, न आफूसँग भएको स्रोतसाधन र त्यसको परिचालनको ढंग नै छ । हिजो के थियो र हिजोदेखि यहाँसम्म कसरी आइपुगियो भन्ने बखान गर्दैमा नेपालको राजनीतिले आजसम्मको यात्रा तय गरेको छ ।
नेपालको अर्थ राजनीति
नेपालमा केही छैन । नेपालका नेता ठीक छैनन् । नेपाल कहिल्यै बन्दैन । यहाँ केही गर्ने वातावरण नै छैन । आजको नेपाली समाजले आफ्नै बारेमा निकाल्ने समग्र निष्कर्ष यही हो ।
नेपालमा केही छैन भन्नेहरूले कथामा जस्तै देशमा पहिलेदेखि जे थियो, त्यो सबैथोक छ र ऐनाको उपस्थितिले नयाँ परिवेश र परिस्थितिको निर्माण गरेको छ भन्ने तथ्य बुझ्न सकिरहेका छैनन् ।
नेपालका नेता ठीक छैनन् भन्ने निष्कर्षमा पुग्नुअघि ऐनासामु उभिएकी लाहुरेकी आमालाई सम्झिनु जरुरी छ । समाजमा जे छ, नागरिकजस्ता छन्, नेतामा त्यसैको रिफ्लेक्सन मात्रै भएको हो । हामी आफूले असल अभ्यास र असल प्रयासलाई महत्त्व दिन थालेकै दिन राजनीति सङ्लो हुन थाल्ने छ । हामीले अपेक्षा गरेजस्तै नेतृत्व समाजमा देखापर्ने छ र त्यस्तो नेतृत्व हाम्रो अपेक्षा पूरा गर्नसमेत सफल हुनेछ ।
नेपाल कहिल्यै बन्दैन भन्नु सबैभन्दा ठूलो भ्रम हो । तर यो त्यति सजिलो विषय पक्कै होइन । सारा देश र सिङ्गो समाजले असल अभ्यास र नैतिक व्यवहारलाई महत्त्व नदिएर केही प्राविधिक विषयलाई मात्रै व्यक्तिको गुणका रुपमा मान्न थालेपछि समाजको लय बिथोलिएको छ । यद्यपि सदैव यस्तै अवस्था रहन्छ भन्नु सही होइन । राज्य व्यवस्था र प्रशासनको कमजोरीमा टेकेर गरिने गलत अभ्यासका कारण असल मानिसहरू नै अल्पमतमा पर्ने अवस्था एकदिन रोकिने छ । राज्य बलियो हुनेछ । प्रशासनले सही र गलत छुट्याउने तथा दण्ड र पुरस्कारको व्यवस्था गर्दै समाजको कमान्ड सम्हाल्ने छ । यो विश्वास लिनु जरुरी छ ।
देश बनाउने उद्देश्य देखाएर अघि सरेका अनेक शक्तिहरूको उत्थान, विकास, कतिपयको पतन र आजको समग्र परिवेश हेर्दा इच्छाशक्तिबाहेक देश बनाउने अर्को कुनै शक्ति हुँदैन भन्ने निष्कर्षमा पुग्न गाह्रो छैन ।
लाहुरेकी श्रीमतीको जस्तो मनोविज्ञान लिएर बाँचिरहेका युवाको देशप्रतिको बुझाइ र लगाव नबदलिएसम्म विकासले गति लिन सक्दैन । यो सत्य आत्मसात् गर्ने परिवेशको निर्माणमा सबै लाग्नु जरुरी छ ।
सन् २०१५ मा प्रकाशित एक समाचार अनुसार नेपाल भारतको सातौं ठूलो रेमिट्यान्स प्रदायक मुलुक थियो । अनौपचारिक माध्यमबाट बाहिरिने पैसाको समेत लेखाजोखा गर्ने हो भने नेपाली युवाले संसारभर छरिएर कमाएको रकमकै हाराहारीमा रेमिट्यान्स नेपालबाट बाहिरिएको विज्ञहरू बताउँछन् । यस्तो परिवेशमा हामीले आफूलाई चिन्ने र आफैलाई बुझ्ने क्षमताको विकास कहिले होला ? यही प्रश्नको जवाफमा आधारित रहेर विकासको भविष्यवाणी गर्न सकिन्छ ।
सबैथोक भएर पनि केही नभएजस्तो हुनु । आफ्नो क्षमता र आफूसँग भएको स्रोतसाधनबारे बेखबर रहनु । तिनको महत्त्व र प्रयोगबारे जानकारी नहुनु आदि कारण हाम्रो आर्थिक–सामाजिक विकासको लागि बाधक हुन् ।
नेपालमा पर्याप्त अवसर र सम्भावना भएकैले एउटा ढोकाबाट बाहिरिएको युरोपेली टेलिकम कम्पनी टेलियासनेरा अर्को ढोकाबाट भित्रिने प्रयासमा छ । नाइजेरियाली अर्बपतिले नेपालको बजारमा लगानी गर्दैछन् । हिमालय एयरलाइन्सदेखि होङ्सी सिमेन्टसम्मलाई हेर्दा चिनियाँ व्यवसायीको नेपाली बजारप्रतिको आकर्षण बुझ्न सकिन्छ । नेपालमा खुलेका र खुल्न लागेका अनेक व्यवसायमा देखिने र नदेखिने दुवै रुपमा मनग्गे विदेशी लगानी आइरहेकै छ । रोजगारी र रेमिट्यान्सको सम्बन्धलाई नियाल्दा समेत हामीले पाएकोभन्दा तिरेको नै बढी हुने अवस्था छ ।
जहाँसम्म राजनीति सुध्रिने कुरा छ, त्यसका लागि दल नभएर नागरिक जिम्मेवार र जागरुक हुनु जरुरी छ । राजनीतिक नेता समाजको मनोविज्ञानलाई उपयोग गर्ने पात्र हुन् । चाहे संसारको जुनसुकै कुनामा होस्, नेतामा आम पात्र र प्रवृत्तिकै ‘रिफ्लेक्सन’ देखिन्छ । यति हुँदाहुँदै पनि संसारले यही मुलुकमा देखेका अवसर हामीले नदेख्नु लाहुरेको कथाका पात्रभन्दा फरक नहुनु नै हो । आफूले आफैंलाई चिन्ने, बुझ्ने र सुधार्ने प्रयास नगरेसम्म देश उँभो लाग्दैन । आजको परिवेशमा अकाट्य सत्य यही हो ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...