×

NMB BANK
NIC ASIA

पत्रकार गिरीको रिहाइको माग गर्दै जिल्ला प्रशासन र प्रहरी कार्यालयमा धर्ना

बैशाख ४, २०७६

NTC
Premier Steels

पोखरा- ठगी गरेको भन्दै पोखराका व्यवसायी विपिन बतासको बारेमा समाचार लेखेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं (सीआईबी)द्वारा पक्राउ परेका पत्रकार अर्जुन गिरीको रिहाइको माग गर्दै कास्कीका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । 

Muktinath Bank

गिरीको रिहाइको माग गर्दै बुधवार कास्कीका पत्रकारहरूले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । साइबर क्राइम मुद्धामा पक्राउ गरी कारवाही गरेको भन्दै रिहाइको माग गर्दै पोखराका पत्रकारहरूले धर्ना दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार महासंघ कास्कीको अगुवाइमा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा एक-एक घण्टा धर्ना दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

'विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ ऐन खारेज गर' , 'प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर' लगायतका ब्यानर तथा प्लेकार्डहरू बोकेर आज पोखराबाट सञ्चालन हुने सञ्चारमाध्यमले सामूहिक विरोध प्रदर्शन गरेका हुन् । 

Vianet communication

धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले पत्रकार अर्जुन गिरीको गिरफ्तारीका विरुद्ध महासंघले चरणबद्ध आन्दोलन थालेको बताए । उनले सरकारले ल्याएको विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्न माग गरे । ‘सरकारले पत्रकारलाई तर्साउन ल्याएको विद्धुतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज हुनै पर्छ,’ उनले भने, ‘सरकारले यो ऐन खाजेर नगरेसम्म हाम्रो आन्दोलन निरन्तर जारी रहन्छ ।’

पत्रकारलाई पटक-पटक पक्राउ गर्ने क्रम बढेको भन्दै महासंघले मुलुकी ऐनको दफा ४७ र ४८ खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गर्दै धर्ना कार्यक्रमको आयोजना गरिएको पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए ।

नेपाल पत्रकार महासंघ केन्द्रले घोषणा गरेका कार्यक्रम अन्तर्गत कास्की शाखाद्वारा धर्ना कार्यक्रमको आयोजना गरेको हो ।

महासंघ केन्द्रले भोलि ५ गते बिहान ९ः३० देखि १०ः३० बजेसम्म जिल्ला शाखामार्फत जिल्लामा १ घण्टा धर्ना बस्ने निर्णय गरेको छ । त्यसैगरी महासंघ केन्द्रीय समितिले गृह र सञ्चार मन्त्रालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।

पक्राउ परेका गिरीलाई मंगलवार जिल्ला अदालत काठमाडौंले तीन दिन म्याद थप गरेको छ । 

पर्वतमा पनि धर्ना

नेपाल पत्रकार महासंघ पर्वत शाखाले पत्रकारलाई पक्राउ गरेर विद्युतीय कारोबार ऐन लगायतको विरोधमा जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएको छ ।

महासंघ केन्द्रले आन्दोलनको घोषणा गरेसँगै पत्रकार महासंघ पर्वतले पनि विरोध गर्दै धर्ना दिएको हो । 

महासंघले मुलुकी ऐनको दफा ४७ र ४८ खारेज गर्न र अर्जुन गिरी लगायतका पत्रकारलाई रिहा गर्न माग गरिएको पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x