×

NMB BANK
NIC ASIA

५ लाख घुस लिएको अभियोगमा अदालतमा मुद्दा दायर

जेठ २७, २०७६

NTC
Premier Steels

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राप्तीसोनारी गाउँपालिका–१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

Muktinath Bank

आयोगका अनुसार वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेसन दर्ता गरी सहज तवरले काठ उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग ५ लाख रुपैयाँ बराबर घुस माग गरेको आरोप लागेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साल, सिसौ लगायतका काठ र दाउरा लिलाम बिक्रीका लागि भएको बोलपत्र फर्म दर्ता गरिदिने र बोलपत्रसमेत पारिदिने भनी घुस माग गरेको पाइएको आयोगले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

आयोगले अध्यक्ष र कोषाध्यक्षलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको समेत माग गरेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

Vianet communication

आयोगले रुपन्देही जिल्ला अदालत बाल इजलाशमा कार्यरत बालमनोविज्ञ शान्तिदेवी अधिकारीले बालमनोविज्ञान प्रतिवेदन सरलरुपमा तयार पारिदिइ छिटो पेशी गराइदिन्छु भनी सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको अभियोगमा सोमवार पक्राउ गरेको छ । आयोगको बुटवल कार्यालयबाट गएको टोलीले उनलाई घुस रकमसहित सिद्धार्थनगर–८ स्थित नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रको गाडी ग्यारेजबाट घुस रकमसहित पक्राउ गरेको हो । 

८५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा 

आयोगले सर्लाही र रौतहटमा भारतीय सहयोगमा निर्माण भएको वाग्मती नदी नियन्त्रण आयोजनाको काममा जल उत्पन्न प्रकोप नियन्त्रण विभागका तत्कालीन कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभागका उपमहानिर्देशक खोमराज दाहाल र सोही कार्यालयका कर्मचारीले ठेकेदारसँग मिलेमतो गरी ठेकेदारलाई फाइदा हुने गरी काम गरी ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । 

आयोगले सोही विभागका तत्कालीन प्रमुख हीरानन्द झा, तत्कालीन लेखापाल अरुणकुमार राई, एमके निर्माण बज्रगुरु–दि कञ्चनजंघा जेभीका प्रबन्ध निर्देशक तेण्डी शेर्पा, सोही कम्पनीका कार्यकारी निर्देशक जीवन थापा र अध्यक्ष रेवन्तकुमार बस्नेतलाई समेत ८५ लाख ९० हजार ६ सय २० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगका अनुसार विभागका कर्मचारीले ठेकेदार कम्पनीलाई अग्रिम भुक्तानी रकम जमानतको कायम रहेको म्यादभित्र लापरवाही र बद्नियतका साथ बैंकमा दाबी नगरेको तथा भुक्तानी लिने ठेकेदार कम्पनीले पनि बद्नियत राखी सरकारी रकमको दुरुपयोग गरेको पाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x