सुकुम्बासीकोहरूको पीडा, पानी परेको बेला रातभरी सुत्दैनौँ [भिडियोसहित]

news

अनुपम भट्टराई
अनुपम भट्टराई

भट्टराई लोकान्तर डटकमका मल्टिमिडिया संवाददाता हुन् ।

काठमाडौं- यो सुकुम्बासी बस्ती हो । केही दिन अगाडि मात्रको अविरल वर्षाका कारण देशभर धनजनको ठूलो क्षति भयो । यो दैवी विपत्ती सुकुम्बासी बस्तीमा मात्र सीमित भएन, सर्वसाधारणका घरदेखि नेताका घरमा पनि बाढी पस्यो ।

बाढीपीडितहरूलाई खोज्ने क्रममा हामी काठमाडौंको थापाथलीस्थित प्रसूति गृह पछाडि बाग्मतीको किनारमा रहेको सुकुम्बासी बस्तीमा पुग्यौं । १३० घरधुरी रहेको उक्त बस्ती बाग्मती नदीको किनारमा अवस्थित छ । ५० भन्दा धेरै जिल्लाका मानिसहरू यहाँ बसोबास गर्ने गर्छन् ।


Advertisement

दुईतिर पर्खाल बनाइएको बाग्मतीको एकतिरको छेउमा रहेको छ, यो सुकुम्बासी बस्ती । बाढी पसेपछिको अवस्था कस्तो छ भन्ने जिज्ञासा सहित हामी बस्तीमा पुग्यौं । दैवी विपत्तीले नै घरबारविहीन भएपछि उनीहरू बाग्मतीमा बालुवा चालेर यही खाली ठाउँमा बसोबास गर्दै आएका हुन् । उनीहरू यस स्थानमा बसोबास गरेकै १३ वर्ष भइसकेको छ । 


Advertisement

कतै बाढी र कतै पहिरो, यस्तै दैवी विपत्तीका कारण उनीहरू शरणार्थी बनेका हुन् । बाढी र पहिरोले सत्यनाश पारेपछि उनीहरू काठमाडौं भित्रिए । काठमाडौंमा आएर उनीहरू बाग्मतीमा बालुवा चाल्न थाले । बालुवा चाल्दै परिवार पाल्दै गर्न थाले उनीहरू । तर कोठाभाडा तिरेर परिवार पाल्न कठिन भएपछि उनीहरू बाग्मतीको यो किनारमा आएर बस्न थालेका हुन् । 

फोटो/भिडियो - सुरेन्द्र 

कमेन्ट गर्नुहोस्