चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ– चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । 

चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए ।


Advertisement

गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करीब एक लाख २० हजार फुटबल मैदान थिए । उनले भने, 'सबै आकारका फुटबल मैदान गणना गर्दा प्रत्येक स्कूलमा ६०० विद्यार्थीका लागि १ प्रतिशत मात्र मैदान उपलब्ध हुन्थ्यो ।'

सन् २०१५ देखि २०१८ सम्म मुलुकभरका स्कुलमा करीब ३२ हजार फुटबल मैदान निर्माण र स्तरोन्नति गरिएको पनि वाङले बताए । 


Advertisement

सन् २०१५ मा चिनियाँ फुटबल संघका साथै शिक्षा, खेलकुद र अर्थ प्रशासनबीच निर्माण भएको संयुक्त कार्यदलले देशका फुटबल मैदानको स्तरोन्नति गर्ने र नयाँ फुटबल मैदान बनाउने निर्णय गरेको थियो ।

चीनमा फुटबल निकै रुचाइएको खेल हो ।

कमेन्ट गर्नुहोस्