×

NMB BANK
NIC ASIA

भारतको सर्वोच्च अदालतले सरकारलाई सोध्यो– जम्मु–कश्मीरमा लगाइएको प्रतिबन्ध कहिले हट्छ ?

साउन २८, २०७६

NTC
Premier Steels

काठमाडौं – भारतको सर्वोच्च अदालतले मंगलवार कांग्रेस तहसीन पुनावलाको निवेदनमाथि सुनुवाइ गर्दै सरकारलाई राज्यमा प्रतिबन्ध कति दिनसम्म लगाउने भनी सोधेको छ । 

Muktinath Bank

पुनावालाले जम्मु–कश्मीरबाट कर्फ्यु हटाउन, फोन र इन्टरनेट तथा न्युज च्यानलमाथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्दै निवेदन दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारलाई अदालतले प्रश्न सोधेपछि सरकारले त्यहाँको परिस्थिति संवेदनशील रहेको बतायो । प्रतिबन्ध सबैको हितमा रहेको सरकारको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

सर्वोच्चले जम्मु–कश्मीरमा प्रतिबन्ध हटाउने विषयमा तत्कालै आदेश दिन अस्वीकार गरेको छ । 

Vianet communication

सुनुवाइका क्रममा सरकारले जिकिर गरेको छ– हामीहरू राज्यको स्थितिका बारेमा हरेक दिन समीक्षा गरिरहेका छौं । त्यहाँ एक थोपा पनि रगत बगेको छैन, कसैको ज्यान गएको छैन । 

त्यसपछि सर्वोच्च अदालतले सुनुवाइलाई दुई हप्ताका लागि टारेर परिस्थिति कस्तो हुन्छ हेरौं भन्यो । 

सरकारले सर्वोच्च अदालतलाई भन्यो– सन् २०१६ मा यस्तै स्थिति आउँदा सामान्य हुन तीन महिना लागेको थियो । स्थिति छिट्टै नियन्त्रणमा लिनका लागि सरकारले कोशिश गरिरहेको छ । 

पुनावालाले पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला र महबूबा मुफ्ती जस्ता नेतालाई रिहा गर्नका लागि अदालतले आदेश दिनुपर्ने माग गरेका थिए । अनि धरातलीय यथार्थको जाँचबुझका लागि न्यायिक आयोग गठन गर्न आदेश दिन पनि भनेको थियो । केन्द्र सरकारले संविधानको धारा १९ र २१ मा रहेका मौलिक अधिकार उल्लंघन गरेको जिकिर लिइएको थियो । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x