×

NMB BANK
NIC ASIA

जीएसएमए र एनसेलले गरे ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

भदौ ४, २०७६

NTC
Premier Steels

काठमाडौं – विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन जीएसएमए (जीएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरूका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ को आयोजना गरको छ । नेपालमा स्टार्ट अप कम्पनीहरू र मोवाइल सेवा प्रदायक कम्पनीहरूका बीचमा सहकार्य सुदृढ पार्नु यो कार्यशालाको उद्देश्य रहेको थियो । 

Muktinath Bank

जीएसएमए विश्वभर सञ्चालनमा रहेका ७५० भन्दा बढि सेवा प्रदायकहरू र मोवाइल एकोसिस्टमका झण्डै ४०० कम्पनीहरूको साझा संगठन हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो कार्यशाला स्टार्ट अपहरूले कसरी मोवाइल सेवा प्रदायकहरूसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुन पर्दछ भन्नेमा केन्द्रित थियो । यसमा ३० वटा स्टार्ट अपका ५० भन्दा बढि प्रतिनिधीेहरूको सहभागीता रहेको थियो  । स्टार्ट अपहरूले नयाँ प्रविधि, अहिलेको ट्रेन्डस् र कसरी विभिन्न स्टार्ट अपहरूले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्ट अप र ग्राहकलाई लागि फाइदा हुने गरी मोवाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन् भनेर जानकारी लिन पाएका थिए । 


Advertisment
Nabil box
Kumari

'परिवर्तनशील दूरसञ्चार क्षेत्रमा टेलिकम कम्पनीहरूले अब मुख्य उत्प्रेरक बनेर दीगो व्यवसायका लागि संलग्न सबैको हितमा काम गर्न आवश्यक छ । टेलिकम कम्पनीहरूका लागि धेरै सम्भावनाहरू रहेका छन् र एनसेल स्टार्ट अपहरूसँग साझेदारी गर्न आशावादी छ,' एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविन एम. युसुफले भने । 

Vianet communication

कार्यशालामा जीएसएमएको इकोसिस्टम एसेलेरेटर कार्यक्रमका मार्केट इन्गेजमेन्ट डाईरेक्टर मार्टिन कारान्जाले प्रमुख वक्ताका रुपमा कसरी मोबाइल अपरेटर र स्टार्ट अपबीचमा सहकार्य हुन्छ र कसरी नेपालमा पनि यस्तो मोबाइल अपरेटरहरूसँग सहकार्य गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

उनले जीएसएमएको मोवाइल फर डेभलपमेन्टका टिमहरूले आफ्ना ध्यान केन्द्रित गर्ने १० मुख्य पहलहरू क्लाईमेटटेक, असिस्टिभटेक, मोबाइल फर डेभलपमेन्ट युटिलिटिज्, मोवाइल फर ह्युमेनिटेरियन इनोभेसन, कनेक्टेड सोसाईटी, कनेक्टेड ओमन, डिजिटल आईडेन्टिटी, इकोसिस्टम एसिलेरेटर र एग्रिटेकका बारेमा प्रकाश पारेका थिए । यी पहलहरूका लक्ष्य भनेको मोवाइल प्रविधिका मार्फत विश्वमा असमानता घटाउनु हो । व्ययसायहरूले सामाजिक–आर्थिक विकासमा प्रभाव पर्ने गरी र आफ्नो व्यवसायको उद्देश्य पनि परिपुर्ति गर्ने गरी काम गनुपर्ने कुरामा मार्टिनले जोड दिए । 

कारखाना, आईसिटी फर एग्री, इ—सेवा, सोचवेयर, सारथी, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपाय लगायत स्टार्ट अपहरूले यस कार्यशालामा सहभागीता रहेको थियो । 

टेलिकम कम्पनी र स्टार्ट अपहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै सारथीका सह संस्थापक रवी सिंघलले भने, हाम्रो स्टार्ट अप पूर्ण रुपमा मोवाइल प्लेटफर्ममा आधारित भएकोले यो कार्यशालाले एनसेलसँग संम्भावित सहकार्यका लागि नयाँ बाटो खोलेको छ । सारथीले अनलाइनबाटै आवत जावतका लागि ट्याक्सी सुविधा, बुकिङ, लिजिङ र कार भाडामा उपलब्ध गराउने काम गर्छ ।

'हामी टेलिकम सेवा प्रदायकहरूसँग मिलेर कसरी दुवै कम्पनीहरू, ट्याक्सी ड्राइभर र ग्राहकलाई लाभ दिन सकिन्छ भनेर काम गर्न खोजिरहेका छौं । स्टार्ट अपहरूलाई प्रोत्साहन गर्न यस किसिमको कार्यशाला आयोजना गरिएकोमा हामी निकै खुसी छौं,' सिंघलले भने । 

'यस किसिमको कार्यशालाले हामी जस्ता स्टार्ट अपहरू र नीजि क्षेत्रका बीचमा रहेको दुरी कम गरी एक अर्काबीचमा सहकार्य गर्नका लागि मद्दत पुर्याउछ,' कार्यशालाका अर्का सहभागी सोचवयेरका प्रमुख कार्यकारी अधिकृत तथा सह संस्थापक ईदा रिजालले भनिन् । सोचवयेर आर्टिफिसियल इन्टेलिजेन्स र इन्टरनेट अफ थिङ्गको प्रोडक्टहरूमा काम गर्ने एक स्टार्ट अप हो ।

योे २०१८ को माइक्रोसफ्ट इम्याजिन कप आर्टिफिसियल इन्टेलिजेन्स अवार्डस विजयता पनि हुन् । 

'हामी अझै धेरै सम्भावना भएको बजारमा रहेकाले अगाडी बढ्न र भुक्तानी प्रणालीलाई डिजिटाइज गर्नका लागि हामीले अझ धेरै काम गनुपर्ने छ,’’ भुतmानी सेवा प्रदायक खल्तीका रिसोर्स डेभलपमेन्ट अधिकृत सलोमी भट्टले भनिन् । खल्ती एक डिजिटल वालेट हो यसले नेपालमा वित्तिय कारोबारलाई डिजिटाइज गर्न महत्वपूर्ण भूमिका खेलेकोले हालसालै आईसिटी अवार्ड पनि पाएको थियो ।

यस कार्यशालामा सहभागी स्टार्ट अपहरूले जीएसएमए र एनसेल प्रतिनिघि समक्ष आफ्ना स्टार्ट अपहरूका बारेमा पिच गर्ने मौका पाएका थिए । जीएसएमए इकोसिस्टम एसेलेरेटरको टिमले स्टार्ट अपहरू र त्यसका संस्थापकहरूका साथ काम गरि मोबाइल अपरेटरहरूलाई आगामी दिनमा थप मुल्य प्रदान गर्ने किसिमले सेवा डिजाइन तथा कार्यन्वयनमा मद्दत पुर्‍याउनेछ ।

जीएसएमए इकोसिस्टम एसेलेरेटर प्रोग्रामले अफ्रिका र एसिया प्यासेफिकका मोबाइल सेवा प्रदायक र स्टार्ट अपसँगको सहकार्यलाई अझै प्रगाढ बनाउन मद्दत गर्दछ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x