ढिस्कोमा पुरिएर एक बालकको मृत्यु

महोत्तरी - महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर सोमवार एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।


Advertisement

सोही घटनामा स्थानीयवासी ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन् । उनको उपचार धनुषाको लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ ।

दुवै जना सोही वडामा रहेका खोलामा माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोले पुरिएको थियो ।


Advertisement

घटना घटेलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी टोलीले माटोको ढिस्कोमा पुरिएका बलको उद्धार गर्न सफल भए पनि बालक बम्जनको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शी वडाध्यक्ष दीपबहादुर कार्कीले बताए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्