×

NMB BANK
NIC ASIA

विद्युत् चोरी गर्ने ४७ उपभोक्ता कारबाहीमा

असोज २३, २०७६

NTC
Premier Steels

तुलसीपुर –नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ ।

Muktinath Bank

गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरी रु चार लाख ९२ हजार ४१२ राजस्व संकलन गरेको केन्द्रका प्रमुख दीपकजङ्ग चौधरीले बताए। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्युत् चुहावट नियन्त्रणलाई कडाइ गर्न प्राधिकरणले दैनिक विशेष र छडके अनुगमन टोली खटाउँदै आएको छ । 'चुहावट बढी भएको क्षेत्र हेरी दैनिक दुई टोली अनुगमनका लागि पठाएका छौं', उनले भने, 'विद्युत् चोरी गर्न प्रयोग गरेको सामग्रीसहित नियन्त्रणमा लिई कारबाही गर्ने गरेका छौं ।'


Advertisment
Nabil box
Kumari

चोरीमा संलग्न आफैं आएर आवश्यक जरिवाना तिर्ने गरेको प्राधिकरणले जनाएको छ । 

Vianet communication

आर्थिक वर्ष २०७४/७५ मा ३० दशमलव ८६ प्रतिशत विद्युत् चुहावट रहेको थियो भने गत आर्थिक वर्षमा २१ दशमलव ६८ प्रतिशतमा चुहावट नियन्त्रण गर्ने लक्ष्य लिएकोमा सो अवधिमा १९ दशमलव ३० प्रतिशत प्रगति गर्न सफल भएको केन्द्रका प्रमुख प्रमुख चौधरीले बताए। 

उहाँका अनुसार, बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गत वर्ष गोलटाकुरी, फूलबारी र कचिलामा सबैभन्दा बढी विद्युत् चुहावट भएको थियो । स्थानीयवासीले विद्युत् पोलबाटै हुकिङ गरी लैजाने गरेको प्रमुख चौधरीले बताए। घरमा मिटर नै जडान नगर्ने तर विद्युत् चोरी गरी चलाउने गरेको भन्दै त्यस्ता उपभोक्तालाई कारवाही गर्न थालिएको उनको भनाइ छ । 

ग्राहकको सङ्ख्यामा वृद्धि 

विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि जिल्लामा विद्युत् उपभोग गर्ने ग्राहकको सङ्ख्यामा समेत वृद्धि भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष तीन हजार २३५ ग्राहकको सङ्ख्यामा वृद्धि भएको छ । आव २०७४/७५ मा ३५ हजार ७५६ ग्राहक सङ्ख्या रहेकामा गत आवमा यो सङ्ख्या ३८ हजार ९९१ पुगेको छ । अघिल्लो आवमा ग्राहस्थ्यतर्फ कूल ३४ हजार ९१४ ग्राहक सङ्ख्या रहेकामा गत वर्ष यसमा वृद्धि भई ३८ हजार ९४ पुगेको केन्द्रले जनाएको छ । 

त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा व्यापारिकतर्फ १५५ ग्राहक रहेकामा गत आर्थिक वर्ष त्यसमा वृद्धि भई १६८ पुगेको छ भने गैह्रव्यापारिकतर्फ १६४ बाट बढेर १७०, औद्योगिकतर्फ ३४७ बाट बढेर ३७१, सिँचाइतर्फ ८० बाट बढेर ८६, खानेपानीतर्फ २८ बाट बढेर २९, मन्दिरतर्फ ३३ बाट बढेर ३४ रसामुदायिकतर्फ २९ बाट बढेर ३४ पुगेको केन्द्रले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x