काठमाडौं –साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।
आइतवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिनको तुलनामा ११ सय रुपैयाँले सुनको भाउ वृद्धि भएको हो । अघिल्लो दिन छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार, आइतवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
लोकान्तर संवाददाता