काठमाडौँ - छातीमा इन्फेक्सन देखिएपछि मुम्बईको एक अस्पतालमा पुगेकी भारतकी प्रसिद्ध गायिका लता मंगेश्करको स्वास्थ्यस्थिति गम्भीर रहेको उनको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
उनलाई सोमवार अपरान्ह अस्पताल लागिएको थियो ।
उनको उपचारमा संलग्न एक वरिष्ठ डाक्टरले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भने, ‘लतालाई सोमवार दिउँसो २ बजे अस्पताल ल्याइएको थियो । अहिले उनको स्वास्थ्यस्थिति गम्भीर छ र आइसीयुमा राखिएको छ ।’
लता भारतीय सिनेमा जगतको सबैभन्दा सर्वश्रेष्ठ गायिका मानिन्छिन् ।
लोकान्तर संवाददाता