नन्दननाथ नगरपालिकामा १६ लाख राजस्व संकलन

खलंगा – जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको ४ महिनामा १६ लाख ६१ हजार ५७१ रुपैयाँ राजस्व संकलन गरेको छ । 

नगरपालिकाले साउनदेखि कात्तिकको अन्तिमसम्म विभिन्न शीर्षकमा राजस्व उठाएको राजस्व फाँटका प्रमुख कमल भण्डारीले बताए ।


Advertisement

कृषि समूह नवीकरणबाट २ हजार ५००, फ्रेस हाउस नवीकरणबाट ५००, अन्य दस्तुरमा ७ लाख ५९ हजार २००, पार्किङ महसुलतर्फ १७ हजार २५०, मूल्यांकन दस्तुरमा ३७०, सिफारिस दस्तुर ३ हजार ८००, (घ) वर्ग इजाजतपत्र नवीकरणतर्फ १ लाख ७६ हजार, घर करमा २ लाख ७३ हजार ५०० राजस्व संकलन भएको छ ।

घरबहाल कर ८३ हजार ४०३, संस्था नवीकरण ३७ हजार ५००, टहरा भाडा ११ हजार ६२४, डोजरबाट ५६ हजार ४४९, जग्गाको मालपोत १ लाख ४० हजार ४९९, बिक्री कर ४ हजार ३००, इजाजतपत्र दर्ता ६ हजार, संस्था दर्तातर्फ १० हजार, ४ किल्ला सिफारिस प्रमाणितमा १ हजार र स्याउ ढुवानी सिफारिसबाट ९७ हजार ६७५ रुपैयाँ राजस्व उठेको छ ।


Advertisement

आर्थिक वर्ष २०७५/०७६ मा ५४ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्