×

NMB BANK
NIC ASIA

दोस्रो गलकोट घुम्टे महोत्सवको तयारी तीव्र

कात्तिक ३०, २०७६

NTC
Premier Steels

झण्डै १३ वर्ष पछि गलकोटमा दोस्रो गलकोट घुम्टे महोत्सव सञ्चालन हुँदै छ ।

Muktinath Bank

मंसिर ४ गते देखि ११ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी यति बेला तिव्र पारिएको छ । गलकोट घुम्टे विकास केन्द्र बागलुङको आयोजनमा हुन गइरहेको महोत्सवलाई सफल पार्न अहिले विभिन्न ठाउँमा समुह बनाएर प्रचार प्रसार आर्थिक संकलनलाई दृढतापुर्वक अगाडी बढाईएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रले गलकोटसँगै देश तथा विदेशमा रहेका गलकोटे तथा बागलुङ जिल्लाबासीसँगको अन्तरकृया तथा भेटघाटलाई सकृयता पुर्वक अगाडी बढाएको छ ।


Advertisment
Nabil box
Kumari

२०६३ सालमा पहिलो पटक गलकोटमा प्रथम गलकोट घुम्टे महोत्सव आयोजना गरिएको थियो । दोस्रो गलकोट घुम्टे महोत्सव नजिकिदै गर्दा त्यसको व्यवस्थापन कसरी गर्ने महोत्सवमा स्थानिय कला र संस्कृतिको प्रदर्शन लगायतका विषयमा अहिले गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सबै वडामा आवश्यक गृहकार्य चलिरहेको छ ।

Vianet communication

महोत्सवमा स्थानिय कला संस्कृति झल्कने हाम्रा लोक संस्कृतिहरू लोप हुन लागेको भन्दैं महोत्सवमा स्थानिय कला र संस्कृतिलाई मुख्य प्राथमिकतामा राखेक प्रदर्शन गर्ने तयारी भईरहेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए।

मंसिर ४ गते देखि ११ गते सम्म गलकोट नगरपालिका वडा नं ५ हरिचौर बसाहफाँटमा हुन लागेको दोस्रो गलकोट घुम्टे महोत्सवमा यस क्षेत्रमा रहेका पुराना लोपोन्मुख कला संस्कृतिलाई संरक्षण गर्ने उदेश्य सहित विभिन्न जातजातिमा आधारित मौलिक, कला संस्कृतिहरु प्रर्दशन गर्न लागिएको थापाले बताए ।

गलकोटमा रहेका स्थानिय कला संस्कृति सोरठी, सालैजो, ठाडो भाका, यानीमाया सुनिमाया, नानीलै, घुम्टे साइलो लगायतका भाकाहरु सँगै स्थानिय कला संस्कृति झल्कने झाँकीहरु र जात्राहरु समेत प्रर्दशन गर्न लागिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । महोत्सवमा गलकोट लगायत आसपासका पालिकामा रहेका कला सँस्कृतिको समेत पर्दशन गरिने केन्द्रका अध्यक्ष बस्नेतले जानकारी दिए। 

महोत्सवमा गलकोट क्षेत्रको संस्कृतिका रूपमा रहेको भुस पोल्ने मेला, सिस्नो खोस्ने मेला, घाटु नाच, साराङ नाच, सोरठी तथा मारुनी नाच, लाखे नाच तथा भजन किर्तनलाई पनि विशेष प्रस्तुतीका साथमा राखिने गलकोट घुम्टे पर्यटन केन्द्रका सचिव सेर बहादुर थापाले जानकारी दिए।

बागलुङ जिल्लाको गलकोट क्षेत्र कला संस्कृतिले भरिपुर्ण भएको ठाँउ मानिए पनि विभिन्न कारणले गर्दा गलकोटमा रहेका कला सँस्कृति पछिल्लो समय लोप हँदै गईरहेका छन् । गलकोटमा विभिन्न जातजातीको बसोबास रहेको छ । ती जातजातीहरुका पनि आफ्नै कला संस्कृतिहरु रहेका छन् । ती कला संस्कृति समेत अहिले नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्नु, नयाँ पुस्ताले सिक्नमा तदारुकता नदेखाउनु र कला संस्कृतिलाई संरक्षण गर्न सरोकारवाला पक्षको ध्यान नजानुले पनि विभिन्न संस्कार, संस्कृतिहरु अहिले लोप हुने अवस्थामा रहेका छन् ।

अहिले संविधानले पनि ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्व बोकेका परम्परागत संस्कार सँस्कृतिलाई संरक्षण गर्नको लागि लिपिवद्व गरिसकेको बेला परम्परागत कला सँस्कृतिलाई जगेर्ना गर्नुपर्ने र लोपोन्मुख कला सँस्कृतिलाई जीवन्त राख्नुपर्ने सरोकारवालाको भनाइ छ ।

महोत्सवले गलकोट क्षेत्रको पर्यटन, कृषि, कला, संस्कृतिलाई खेलकुद लगायतलाई थप उचाईमा पुर्याउँदै आन्तरिक तथा बाह्य पर्यटन आवागमनमा वृद्वि हुने अपेक्षा लिइएको छ । थम्मन थापा, बागलुङ

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x