×

NMB BANK
NIC ASIA

ओली–प्रचण्डको सम्बन्ध : वार्ता धेरै, विश्वास थोरै

मंसिर १, २०७६

NTC
Premier Steels

एक समय एकअर्काका कटु आलोचक बनेका केपी शर्मा ओली र पुष्पकमल दाहाल अहिले नेकपाका अध्यक्ष छन् । उनीहरूकै भाषामा– एउटा जेटका दुई पाइलट ।

Muktinath Bank

सरकारको समेत नेतृत्व गरिरहेको पार्टीका यी दुई अध्यक्षबीच हरेक दिनजसो भेटघाट हुन्छ । सरकार, पार्टी र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुन्छ । तैपनि उनीहरूबीच विश्वासको वातावरण बन्न सकेको देखिँदैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको १७ महिना तथा ओलीको नेतृत्वमा सरकार गठन भएको २० महिना भइसक्दासमेत यी दुई नेताको मन र मत मिल्न नसकेकै कारण केही महत्त्वपूर्ण निर्णयमा ढिलाइ हुने गरेको छ । कहिलेकाहीँ त दैनिकजसो हुने घन्टौं लामो संवादबाट पनि निकास निस्कन नसकेको विगत छ । पार्टी एकीकरण घोषणा गर्दा तीन महिनामा सक्ने भनिएको सांगठनिक एकीकरण १७ महिना पूरा हुँदा पनि टुंगिएको छैन ।


Advertisment
Nabil box
Kumari

पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक आयोगहरू, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्तिलगायत विषयमा दुई नेताको कुरा मिलेको छैन । ‘उहाँहरू (ओली–प्रचण्ड) दिनहुँजस्तै वन टु वन वार्तामा बस्नुहुन्छ,’ प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले भने, ‘कहिलेकाहीँ आवश्यकताअनुसार दिनमा दुई पटकसम्म पनि बस्नुहुन्छ, छलफल गर्नुहुन्छ ।’

Vianet communication

दुई अध्यक्षबीच गत बिहीबार पनि एकान्त वार्ता भयो । बिहान नौ बजे बालुवाटार पुगेका दाहाल दिउँसो साढे एक बजे त्यहाँबाट निस्किए । झन्डै साढे चार घण्टा लामो छलफल गरेका उनीहरूले खाना पनि सँगै खाए । शुक्रबार साँझ फेरि कुराकानी गरे । वार्ता लम्बिएपछि प्रधानमन्त्री ओलीले ६ बजे बोलाएको मन्त्रिपरिषद् बैठक सात बजे मात्रै बस्यो । गत आइतबारदेखि शनिबारसम्म ओली र दाहालबीच ६ पटक एकान्त वार्ता भयो । कात्तिक महिनाभरमा १४ पटक यस्तो वार्ता भएको छ ।

वाम विश्लेषक श्याम श्रेष्ठ सत्ता साझेदारीका विषयमा कुरा मिल्न नसक्दा ओली र दाहालबीच लामो कुराकानी हुने गरेको बताउँछन् । ‘सैद्धान्तिक र राजनीतिक समझदारीभन्दा तत्कालीन एमाले र माओवादीबीच गणितीय हिसाबले एकता भयो, एकता गर्दा सत्ता साझेदारीसम्बन्धी सहमति थियो होला,’ उनले कान्तिपुरसँग भने, ‘त्यसको कार्यान्वयनलाई लिएर एक–अर्काप्रति विश्वास नहुँदा लामो कुरा हुन्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x