नेपालका लागि ह्युन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘ह्युन्डाइ विन्टर डिलाइट’ योजना ल्याएको छ ।
यस योजनामार्फत ग्राहकले हरेक ह्युन्डाइ गाडीको खरिदमा आकर्षक नगद छूटका साथै विभिन्न सुविधा प्राप्त गर्ने अवसर पाउनेछन् ।
यस योजनाअन्तर्गत ग्राहकले हरेक ह्युन्डाइ गाडीको खरिदमा आकर्षक नगद छूट, निःशुल्क १ वर्षसम्मको बिमा, आकर्षक एक्सचेन्ज बोनस, स्पट् एक्सचेन्ज तथा मुल्यांकनको सुविधा र एक वर्षसम्मको निःशुल्क सडक कर (चालू आ.व.) समेत प्राप्त गर्न सक्नेछन् । साथै हरेक ह्युन्डाइ गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ ।
चिसो मौसममा पनि यस ‘ह्युन्डाइ विन्टर डिलाइट’ योजनाले ग्राहक वर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहक वर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस ‘ह्युन्डाइ विन्टर डिलाइट योजना’ मार्फत पनि ग्राहकलाई विभिन्न सेवासुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।
यस योजना निर्धारित समयका लागि मात्र लागू हुनेछ ।
लोकान्तर संवाददाता