×

NMB BANK
NIC ASIA

बारीमै कुहिन्छ तरकारी ! बजारमा महंगो

मंसिर १६, २०७६

NTC
Premier Steels

वारिपारि भीरपाखा र अग्ला पहाड छन् । त्यही बीचमा उर्वर भूमि त छ तर त्यस भूमिमा उत्पादन गरिएका कृषि उपज बजारमा लैजान सडक र सवारीसाधनको अभावमा किसान निराश हुनुपरेको छ ।  

Muktinath Bank

बाग्लुङ जिल्लाको गलकोट नगरपालिका–९ बरेखानीका किसान अधिकाशं गाउँ, बस्ती र टोलमा सडकको पहुँच पुग्दा पनि यस्तो समस्या भोग्न विवश छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँमा बाटो नपुग्दा व्यावसायिकरूपमा तरकारी खेतीबाट राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि निर्वाहमुखी खेती गरेर बस्न बाध्य भएको स्थानीय किसानहरू गुनासो गर्छन् ।


Advertisment
Nabil box
Kumari

उत्पादन भएको कृषि उपज बजार लैजानका लागि यातायातको पहुँच नहुँदा थोरै मात्र उत्पादन गर्न बाध्य भएको बरेखानीका कृषक मित्रलाल गौतमले बताए । भौगोलिकरूपमा गलकोट नगरपालिकाको केन्द्र हटिया बजारबाट धेरै टाढा नभएपनि सानो बस्ती भएका कारण यहाँ हालसम्म सडकको पहुँच पुग्न सकेको छैन । उत्पादित कृषि उपज आफैं बोकेर एक डेढ घण्टाको पैदल यात्राबाट बजारमा पुर्‍याउने गरेको गौतमको भनाइ छ ।

Vianet communication

गौतमका अनुसार बजार पुर्‍याउन नसक्दा उत्पादन भएको तरकारी बारीमै कुहिने गरेको छ । ‘थोरै जग्गामा उत्पादन धेरै मात्रमा हुने भएकाले बजार पुर्‍याउन नसक्दा तरकारी बारीमा कुहिएर जाँदा हामी जस्ता युवा किसान साह्रै चिन्तित छौं,’ उनले भने ।

बरेखानी गाउँमा पहिले २० घर थिए । राज्यको उपेक्षा, अभाव र असुविधाका कारण बसाइँसराइ बढ्दै गएपछि अहिले ८ घरमा मात्र मानिस बस्दै आएका छन् । सबैले तरकारी उत्पादन गर्ने भएका कारण यस गाउँलाई तरकारी गाउँको रूपमा समेत चिनिने गरिएको छ ।

‘गलकोटको अन्य भागमा भन्दा यहाँ धेरै मात्रमा तरकारी उत्पादन गर्न सकिन्छ,’ अर्का कृषक चन्द्रमणि शर्माले भने, ‘बोकेर लान धेरै सकिन्न, धेरै उत्पादन गरेर कुवाउनुभन्दा थोरै उत्पादन गर्छौं ।’

नगरपालिका भएपनि दुर्गम जस्तो लाग्ने बरेखानीमा विद्यालयसमेत छैन । विक्रम संवत् २०४० मा स्थापना भएको प्राथमिक विद्यालय विद्यार्थीको अभावमा ४ वर्ष अगाडि बन्द भएको छ । पैदल यात्रामार्फत गाउँ पुग्नुपर्ने भएका कारण तरकारीको स्याहार गर्ने समयभन्दा बोकेर बजार लैजाने समस्याले पिरोल्ने गरेको कृषकको गुनासो छ ।

बरेखानीका आठ घरपरिवारलाई अहिले काउली, बन्दा, अदुवा, गाँजर, मुला, गोलभेंडा उत्पादन भएपनि बजार नपाउँदा समस्या भएको छ ।

बरेखानीका प्रत्येक घरमा व्यावसायिक मौरीपालनसमेत गरिँदै आएको छ । बजार पठाउन सडक भए यहाँका किसानले वार्षिक लाखौं आम्दानी गर्ने कृषक गौतमले बताए । ‘सडक छैन, डोकोमा बोकेर बजार लैजान कतिनै सम्भव हुन्छ र ?’ गौतमले भने ।

सडकको सुविधा भए बसाइँसराइ गर्न नपर्ने गरी बाँकी बाँझो जग्गामा पनि व्यावसायिकरूपमा खेतीबाली लगाउने सोच रहेको स्थानीय किसान बताउँछन् । 

बर्सेनि सडक पुर्‍याउनका लागि नगरपालिकाले बजेट विनियोजन गरेपनि भौगोलिक समस्याका कारण सडक विस्तारमा समस्या भएको गलकोट नगरपालिका–९ का वडाध्यक्ष तेजबहादुर थापाले बताए । ‘बर्सेनि सडकमा लगानी गरेका छौं,’ उनले भने, ‘नमिलेको भू–बनोटका कारण सडकको पहुँच सहज हिसाबले पुर्‍याउन कठिन भएको छ, हामी प्रयासरत छौं ।’

थापाका अनुसार गत वर्ष मात्रै सडक विस्तारका लागि नगरपालिकाले ७ लाख बजेट विनियोजन गरेपनि चट्टान परेका कारण जम्मा ५४ मिटर सडक खनिएको थियो ।

प्रदेश तथा केन्द्रीय सरकारले ठूलै बजेट विनियोजन नगरेसम्म सडक पुर्‍याउन समस्या भएको गलकोट नगरपालिकाले जनाएको छ । – खेमराज गौतम/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x