साग खेलकुद : महिला भलिबलमा पनि भारत बाधक

फाइल तस्वीर

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपाल फाइनलमा भारतसँग पराजित भएको छ । 

मंगलवार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा नेपाली महिला भलिबल टीमलाई भारतले ३-२ ले पराजित गरेको हो । 


Advertisement

यससँगै महिला भलिबलमा भारतले स्वर्ण जितेको छ भने नेपालले रजतमै चित्त बुझाउनुपर्‍यो । 

महिला भलिबलमा नेपालले पहिलोपटक सागमा रजत जितेको हो । महिला भलिबलमा यो नेपालको लागि अहिलेसम्मकै ठूलो उपलब्धि हो । 


Advertisement

दर्शकको हुटिङले रोमाञ्चक बनेको खेलमा पहिलो सेट भारतले २५-१७ जितेको थियो भने दोस्रो र तेस्रो सेट नेपालले क्रमश: २५-२३ र २५-२१ ले जित्दै फाइनल जित्ने आश कायमै राखेको थियो । 

चौथो सेटमा भारतले २५-२० ले जित्यो र खेल २-२ सेटको बराबरीमा आयो । 

तर अन्तिम सेट नेपालले १५-६ ले गुमायो र स्वर्ण पदकको भारतले लग्यो । 

 

कमेन्ट गर्नुहोस्