×

NMB BANK
NIC ASIA

मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

मंसिर २०, २०७६

NTC
Premier Steels

मुस्ताङबाट यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको छ ।

Muktinath Bank

स्याउ बेचेर कृषकले मुस्ताङमा ६० करोड रुपैयाँभन्दा बढी रकम भित्र्याएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लामा उत्पादन भएको मध्ये ८० प्रतिशत स्याउ देशका विभिन्न बजारमा निकासी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्सालले जानकारी दिए । ‘जिल्लाभर १ हजार ५०० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ७ सय हेक्टरमा उत्पादन हुन्छ,’ उनले भने, ‘कृषक र व्यापारीबाट संकलित विवरणअनुसार यस वर्ष ६५ हजार मेट्रिक टन स्याउ निकासी भएको तथ्यांक प्राप्त भएको छ ।’


Advertisment
Nabil box
Kumari

खेती विस्तार, अनुकूल मौसम, नयाँ खेती प्रविधि अपनाउनु, रोग कीराको समस्या नभएकाले स्याउ उत्पादन बढेको प्रमुख लम्सालले बताए । उनका अनुसार गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढेको छ । प्रतिकेजी स्याउको मूल्य १२० रुपैयाँ रहेपनि अधिकांश कृषकले बगैंचा नै ठेक्कामा बिक्री गरेका थिए । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, कागबेनी, छुसाङ, चैले, समर, चराङ, मराङ, मुक्तिनाथमा व्यावसायिक खेती गरिएको छ । 

Vianet communication

म्याग्दी, बागलुङ, पर्वतसँगै कास्की, काठमाडौँ, चितवन, धादिङलगायत जिल्लामा स्याउ निकासी भएको छ । गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ खेती गरिएको छ । स्याउ बिक्रीबाट १ लाखदेखि ३ करोड रुपैयाँसम्म आम्दानी गर्ने कृषक छन् । ठिनीका कृषक आइतबहादुर थकालीले सडक सुविधा भएपछि स्याउ खरिद गर्न व्यापारी बगैंचामै आउने भएकाले बजारको समस्या नभएको बताए ।

उनीसँग ५० फल दिने र १ हजार स्याउ नफल्ने बिरुवा छन् । यातायातका साधन नपुग्दासम्म खच्चड र पिठ्यूँमा बोकाएर बजारमा पुर्‍याउने गरिएको थियो । उवा, जौ र फापरको तुलनामा स्याउ खेती गर्दा १० गुणा बढी आम्दानी हुने उनले बताए । स्याउबाट जुस, ब्रान्डी, जाम, चिप्स, सुकुटी, क्यान्डीलगायत परिकार बनाएर विदेशमा समेत निकासी हुने गर्छ । 

बजार बढ्दै गएपछि यहाँका कृषक स्याउ खेतीमा आकर्षित भएका छन् । स्याउ खेती गर्ने कम रहेका भएपनि किन्न आउने बढी भएकाले माग पुर्‍याउनै कठिन भएको ठिनीकी कृषक जुमा थकालीले बताए । यस वर्ष उच्च घनत्व क्षमताको नयाँ जातका १९ हजार र रेड डेलिसियस जातका १३ हजार बिरुवाको माग आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जनाएको छ । पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने एकाइले जनाएको छ । 

परियोजनाले कृषकलाई अनुदानमा सिकेचर, नीलो तुथो, स्याउ टिप्ने औजार, सुकुटी बनाउने मेशिन उपलब्ध गराएको छ ।  एकाइका अनुसार एक शीत भण्डारगृह र हाइटेक प्रविधिको नर्सरी स्थापना गर्न लागिएको छ । स्थानीय तहले पनि अनुदानमा स्याउका बिरुवा र ढुवानीका लागि प्याक छपाएर वितरण गरेका छन् ।

मुस्ताङ समेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ । – निरज थकाली/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x