सभापति देउवा गुटभन्दामाथि उठन सकेनन्, महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताएका छन्। नेपाल प्रेस युनियन झापाले साेमबार विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि बढ्ने बताए।

'नेपाली कांग्रेसलाई एक ढिक्का बनाएको खण्डमा कसैले हराउन सक्दैन, हाम्रो हार भनेको हामी बिचकै तिक्तता र फुटका कारणले भएको हो,' उनले भने। काेइरालाले पार्टी सभापति शेरबहादुर देउवा गुट समातेर सभापति भएको आरोप लगाए। गुटभन्दामाथि उठेर सबैलाई समेटर लैजानसक्ने क्षमता पार्टी सभापतिमा नभएको उनले टिप्पणी गरे।


Advertisement

उनले राष्ट्र र पार्टीका लागि देउवतासँग नयाँ सपना नभएको उल्लेख गर्दै १४औँ महाधिवेशनले सक्षम, क्षमतावान र सपना भएको नेतृत्व चयन बारेमा रामचन्द्र पौडेल, शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महतलगायतका नेतासँग छलफल भइरहेको बताए।

 


Advertisement

 

कमेन्ट गर्नुहोस्