×

NMB BANK
NIC ASIA

लोक सेवा उत्तीर्ण गरी स्थानीय तहमा सिफारिस भएका सयभन्दा बढी कर्मचारीले पाएनन् नियुक्ति

माघ १, २०७६

NTC
Premier Steels

भोजपुरको षडानन्द नगरपालिकाका भेषराज पराजुलीले २०७६ भदौ ९ गते सहलेखापाल पदका लागि लोक सेवा आयोगमार्फत परीक्षा दिए । लिखित र अन्तर्वार्तापछि पुसको २१ गते आयोगलले अन्तिम नतिजा प्रकाशित गर्‍यो, पराजुली दुवैमा उत्तीर्ण भए ।

Muktinath Bank

परीक्षामा उत्तीर्ण भएको भोलिपल्टै पराजुलीले लोक सेवा आयोगको कार्यालयबाट मण्डनदेउपुर नगरपालिका काभ्रेका लागि नियुक्तिको सिफारिस लिए । आयोगले सिफारिस गरेको नगरपालिका कार्यालयमा जाँदा उनले नियुक्ति नै पाएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाले कर्मचारी समायोजनको क्रममा पदपूर्ति भइसकेकाले नियुक्ति गर्न नसकिने सिफारिस हातमा थमाइयो ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाको सिफारिस लिएर पराजुली संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महालेखा परीक्षकको कार्यालय र लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा समेत पुगे ।

Vianet communication

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालमा भेटिएका पराजुलीले दंग पर्दै लोकान्तरसँग भने, ‘जहाँ खाली हुन्छ हामी त्यहाँ व्यवस्थापन गर्छौं, अहिले नगरपालिकाले चाहिँ नियुक्ति दिनुपर्छ भनेको छ ।’

***

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ की मनिषा दुलालले धेरै मेहेनत गरेर लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गर्दै प्रशासन सहायक पदमा नाम निकालिन् ।

पुसको २१ गते लोक सेवा आयोगको कार्यालयले दुलाललाई सर्लाहीको बाग्मती नगरपालिकामा नियुक्तिको सिफारिस दिएर पठायो ।

नगरपालिकाले नियुक्ति त दियो तर हाजिर हुन भने नपाएको उनको गुनासो छ ।

छिमेकी जिल्लाको अर्को नगरपालिकामा आफूले नाम निकालेको पद रिक्त भएको थाहा पाएपछि दुलालले सो नगरपालिकाबाट नियुक्ति पदस्थापन गर्न सकिने सिफारिस ल्याएर मन्त्रालयमा बुझाइन् । 

आफूले सिफारिस ल्याएको ठाउँमा नियुक्ति पाउने/नपाउने विषयमा आफूलाई थाहा नभएको दुलालले लोकान्तरलाई बताइन् ।

लोक सेवा आयोगबाट परीक्षा उत्तीर्ण गरेका १ सयभन्दा बढी कर्मचारीले नियुक्ति र काम नपाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । 

परीक्षाको नतिजा प्रकाशनसँगै लोक सेवा आयोगको सिफारिसको आधारमा नियुक्ति नपाउने र हाजिर हुन नपाउनेको संख्या दिनहुँ बढिरहेको छ ।

अहिलेसम्म लेखा अधिकृत छैटौंमा १७ जना, अधिकृत छैटौंमा २९ जना, इञ्जिनियर छैटौंमा १९ जना, आलेप पाँचौ तथा लेखा सहायक पाँचौमा १० जनाले हाजिर गरेर काम गर्न नपाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतबाट प्राप्त जानकारी अनुसार प्रशासन सहायक चौथो/पाँचौं, सहलेखापाल, लेखापाल लगायतका धेरै पदहरूमा नियुक्तिको समस्या देखिएको छ ।

आयोगको सिफारिसमा नियुक्ति र हाजिर हुन नपाउनेको संख्या सय नाघिसकेको र २ सयभन्दा माथि पुग्न सक्ने मन्त्रालय स्रोत बताउँछ ।

कतिपय स्थानीय तहमा दरबन्दी रिक्त अवस्थामा छन्, तर रिक्त भएका अन्य स्थानीय तहमा नियुक्ति वा हाजिर हुन नपाएका कर्मचारीलाई पदस्थापना गर्न कानूनी जटिलता छ ।

केही स्थानीय तहले आवश्यकताभन्दा बढी कर्मचारी मागेको, केही पदमा मन्त्रालयले बढी संख्यामा दरबन्दी पठाएको र केही पदमा मन्त्रालयले मागेकोभन्दा बढी संख्यामा लोक सेवा आयोगले विज्ञापन गरेका कारण समस्या आएको मन्त्रालय स्रोत बताउँछ ।

मन्त्रालयका प्रवक्ता भुपाल बराल सो सम्बन्धमा विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि आवश्यक निर्णयमा पुगिने बताउँछन् ।

यस्तै मन्त्रालयका सूचना अधिकारी जीवलाल भुसालले कतिपय नियुक्ति वा हाजिर नदिएर फर्काएका स्थानीय तहले पुनः कर्मचारी पठाइदिन आग्रह गरेको बताए ।

मन्त्रालयले समस्या समाधानको उपाय छिट्टै निकाल्ने तयारी गरिरहेको जानकारी आफूले पाएको उनको भनाइ छ ।

एउटा स्थानीय तहका लागि नाम निकालेका कर्मचारीलाई अर्कोमा पठाउने कानूनी व्यवस्था छैन ।

संविधानले नै स्थानीय तहहरूलाई अलग–अलग इकाइ मानेकाले लोक सेवाले त्यसैगरी विज्ञापन प्रकाशित गरेको थियो ।

अब ऐनमा नै व्यवस्था गरेर मात्र कर्मचारीलाई अन्य स्थानीय तहमा पठाउन सकिन्छ । मन्त्रिपरिषद्बाट विशेष निर्णय गरेर पनि तत्कालका लागि समस्या समाधान गर्न सकिने मन्त्रालयका कर्मचारी बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x