×

NIC ASIA

युवापुस्ताको मन छुने कथा ‘लभ लभ लभ’

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels
काठमाडौं, १ बैशाख–नेपाली चलचित्रमा पछिल्लो समयमा केही आशालाग्दा फिल्मकर्मी देखिएका छन् । तिनै सिनेकर्मीले नेपाली समाजमा देखापर्ने आफ्ना मौलिक कथा पनि खोतल्न थालेका छन् ।
नयाँ कथासँगै समाजमा देखिएका सूक्ष्म आयामलाई पनि चलचित्रको पर्दामा देखिन थालेको छ । ‘लभ लभ लभ’ पनि नयाँ परिवेशमा निर्माण गर्न खोजिएको मौलिक चलचित्र हो ।

चलचित्र ‘लभ लभ लभ’ युवापुस्तामा हुने सामान्य प्रेमकथा मात्रै हो भन्दा हुन्छ । समृद्धि (स्वस्तिमा खड्का) र सुरज (सुरज पाण्डे) बच्चैदेखिका साथी हुन् । सुरजले सुन्दर समृद्धिलाई सानैदेखि माया गर्छ । तर हेर्दामा ऊ न त्यति राम्रो छ, न उससँग कुनै खास गुण छ । त्यसैले उसले आफूले माया गर्ने मान्छेलाई पनि माया गर्छु भन्न सकेको हुँदैन ।

जब समृद्धि पढ्नका लागि विदेश जाने पक्का हुन्छ अनि बल्ल सुरजले उनलाई धेरै नै माया गर्ने प्रस्ताव राख्छ । तर समृद्धिले प्रस्ट जवाफ दिन्नन् । त्यसपछि समृद्धिलाई आफ्नी बनाउन सुरजले के के गर्छ अनि समृद्धि उसकी हुन्छिन् कि हुन्नन्, त्यो जान्नका लागि चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

एक वाक्यमा भन्नुपर्दा चलचित्र राम्रो छ । युवापुस्ताको मन छुने कथा छ । तर प्रौढहरूका लागि चलचित्र औसत लाग्न सक्छ किनकि चलचित्र अहिलेको युवापुस्ताको कथामा आधारित छ ।

चलचित्रमा कास्ट एण्ड क्रु त्यति ठूलो छैन । कथा जोडिँदै जाँदा केही पात्र थपिँदै जान्छन्, ती पात्रहरू बीचैमा सकिन्छन् । कमै मात्र पात्रको दोहोरो उपस्थिति छ । सुरज र स्वस्तिमा भने प्रायः स्क्रीनबाट हट्दैनन् ।

निर्देशक दीपेन्द्र के खनालले चलचित्रमा साना र चोटिला विषयवस्तु मिसाएका छन् । पोखराको लेकसाइडमा घुमिरहेका पात्रलाई कथानककै माध्यमबाट गोरखाको मनकामना र कास्कीको पञ्चासे पनि पु¥याएका छन् ।
प्राकृतिक दृश्यहरू सुन्दर देखिन्छन् । पूरै हरियाली देखिन्छ फिल्ममा ।

फिल्मको स्टोरीटेलिङ सुन्दर लाग्छ । यो यति सामान्य लाग्छ कि युवालाई यो मेरो आफ्नै कथा हो कि भन्ने लाग्छ । यो खनालको खुबी हो ।

चलचित्रमा कलाकारको अभिनय राम्रो छ । आफ्नो पहिलो होम प्रोजेक्टको फिल्ममा अभिनय गरेका सुरज पाण्डेले ठीकै अभिनय गरेका छन् । उनले आफ्नो अभिनयलाई अझै निखार्नुपर्ने देखिन्छ ।

स्वस्तिमा खड्काको अभिनय भने राम्रो लाग्छ । उनलाई दिइएको भूमिका पनि पर्फेक्ट छ । फिल्ममा उनी मूडी केटीको भूमिकामा देखिएकी छिन् । फोटोजेनिक फेसले पनि उनलाई स्क्रिनमा क्युट देखाएको छ ।

कथा कमजोर नभएपनि निर्देशकले फिल्ममा पात्रलाई संवादमा मात्र प्रयोग गर्नुको साटो हाउभाउलाई समेत स्पेस दिएको भए फिल्म अझै उत्कृष्ट बन्ने थियो । फिल्मका कतिपय दृश्यमा यसो गर्ने प्रशस्त सम्भावना थियो ।
चलचित्रमा गीत संगीत पक्ष सुन्दर लाग्छ । पार्श्व संगीत पनि मन छुनेखालको छ । संगीतले चलचित्रमा देखिने सामान्य कमजोरीलाई पनि ओझेलमा पारेको छ । बरू छोटो फिल्ममा गीतको उपस्थिति धेरै भएको हो कि भन्ने आभास हुन्छ ।

सिनेमाटोग्राफर निरज कँडेलले फिल्मलाई आकर्षक बनाएका छन् । सामान्य शटलाई उनले प्रभावकारी रूपमा चलचित्रमा उतारेका छन् । लाइटिङ इफेक्ट पनि राम्रै छ । नामबाटै थाहा हुन्छ, यो लभ स्टोरी हो । चलचित्रमा एकरत्ति भल्गारिटी छैन ।

जसको कारणले उसले आफ्नी आमा गुमाउँछ, उसैको कारणले आफूलाई गुमाउनुपर्दा पनि पात्र खुशी छ । अहिलेको बदलिँदो पुस्तामा यस्तो स्वादिलो प्रेमकथा खनालले पस्केकै हुन् ।

फिल्मको क्लाइमेक्स, केही पात्रको औसत अभिनय, कतै दिक्कलाग्दो गरी ढिलो बगेको कथानकका बीचमा पनि चलचित्र सुन्दर बनेको छ । सबैको मन छुने प्रेमकथा नहुन सक्छ यो । तर एउटा पुस्तालाई भने पक्कै प्यारो लाग्न सक्छ । फिल्मले तपार्इंलाई बोर भने बनाउने छैन ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x