सम्बोधनका क्रममा मोदीले नेपालीमा भने– 'कस्तो छ ?'

फाइल फोटो

विराटनगरमा निर्मित इन्टिग्रेटेड चेकपोष्टको संयुक्तरूपमा उद्घाटन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीमा पनि बोलेका छन् ।

आफ्नो सम्बोधनको शुरूमा अभिवादनपश्चात मोदीले 'कस्तो छ ?' भने थिए । 


Advertisement

अन्त्यमा पनि मोदीले नेपालीमै बोले । उनले भने, 'तपाईंहरूलाई धेरै शुभकामना दिन चाहन्छु । फेरि भेट होला नमस्कार !'

इन्टिग्रेटेड चेकपोष्टको भिडियो प्रविधिमार्फत् संयुक्तरूपमा उद्घाटन गरिएको हो ।


Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली र मोदीले आजै नुवाकोट र गोरखामा पुनर्निमित घरहरूको पनि उद्घाटन् गरेका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्