×

NMB BANK
NIC ASIA

शताब्दी पुरुष खुला चित्रकला प्रतियोगिता हुने

माघ ७, २०७६

NTC
Premier Steels

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको छ ।

Muktinath Bank

योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार सङ्ग्रहालयको संयुक्त आयोजनामा माघ १५ गते प्रतियोगिता हुन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगिता उमेरस्तर र खुला गरी २ विधामा २ चरणमा हुने योङ पिकासोका कार्यक्रम निर्देशक अजय देशारले जानकारी दिए । उनका अनुसार माघ १५ गते पहिलो चरणमा ललितपुर महानगरपालिका–८ स्थित शान्ति विद्याश्रम माविमा प्रतियोगिता हुनेछ भने दोस्रो चरणमा माघ २४ देखि २७ गतेसम्म संग्रहालयको भण्डारखाल बगैंचामा ‘अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०७६’ पनि आयोजना गरिने छ ।


Advertisment
Nabil box
Kumari

पहिलो चरणको प्रतियोगितामा उत्कृष्ट हुने ३० बालबालिकाले दोेस्रो चरणको प्रतियोगितामा भाग लिन पाउने छन् । चित्रकला प्रतियोगितामा जोशी स्वयं उपस्थित हुने हुँदा प्रत्यक्ष चित्रकला ‘लाइभ पेन्टिङ’ हुनेछ ।

Vianet communication

खुलातर्फको प्रतियोगितामा भने १३ वर्ष उमेरमाथिका हरेक मानिसले भाग लिन पाउने देशारले जानकारी दिए । प्रतियोगितमा सहभागी बालबालिकाले जोशीको चित्रका साथै आफूलाई मन परेका चित्र पनि कोर्न पाउने बताइएको छ ।

प्रतियोगितामा सहभागी हुने देशका वरिष्ठ कलाकारले प्रत्यक्ष रुपमा जोशीको चित्र कोर्नु पर्नेछ । कुनै कलाकारलाई जोशीले विगतको जीवनकालमा गरेका कामबारे चित्र कोर्न चाहेमा आयोजकले उहाँको पुरानो तस्विर पनि उपलब्ध गराउने छ ।  

प्रतियोगितामा दुवै विद्यातर्फका करीब ६०० कलाकारले भाग लिने आयोजकले जनाएका छन् । खुलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई २०, १५ र १० हजार रुपैयाँ दिनुका साथै उमेरस्तरको चित्रकलामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई १२, ८ र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिने छ ।

कार्यक्रममा चित्रकलाको विकास र विस्तारका लागि लामो समय योगदान पुर्‍याएका व्यक्तिमध्ये १ जनालाई १० हजार रुपैयाँ राशिसहित सम्मान पनि गरिने भएको छ ।

यसैगरी युवा चित्रकारमध्ये १ जनालाई जोशीको चित्रकला पुरस्कारबाट पुरस्कृत गरिने भएको छ । जोशीको चित्र कोर्ने उत्कृष्ट कलाकारको चित्रलाई नेपाल भ्रमण वर्ष–२०२० भर प्रचारप्रसार गरिने संग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए । ४ वर्षअघि वाङ्मय शताब्दी पुरुषसम्बन्धी पहिलो खुला चित्रकला प्रतियोगिता आयोजना भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x