×

NMB BANK
NIC ASIA

लालपुर्जा पाउँदा पनि पत्याउनै कठिन

माघ ८, २०७६

NTC
Premier Steels

सानो झुपडीमा जीवनका ५२ वर्ष गुजार्नुभएका नैने सार्कीलाई घर र १० धुर जग्गाको लालपुर्जा हातमा परेको छ ।

Muktinath Bank

अर्काको घरमा २० वर्ष हलो जोतेर कठिन जीवन बाँच्नुभएका सार्कीलाई हातमा लालपुर्जा पर्दा पत्याउन गाह्रो भयो ।
घरजग्गाविहीन भएर जीवनभर अर्काको हलो जोतेर भोगेको पीडा उनले आफ्नै घरमा बिसाउन पाएका  छन् । उनले घर मिल्यो, सुख भयो । पहिलाभन्दा धेरै राम्रो छ, हलिया हुँदा दबाब थियो, त्यहाँबाट छुटकारा भएर यहाँ आउँदा ठीक लागेको छ भने।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले डडेलधुराको डोटीबटाल गाउँमा दैनिक एक माना चामलका भरमा २० वर्ष हलो जोतेका थिए । पुस्तौँदेखि उनका बुबा र बाजे सबैले हलो जोतेका थिए । हँसिलो चेहरामा उनले लालपुर्जा हातमा पर्दा निकै खुसी लाग्यो । धेरै धन्यवाद दिन मन लागेको छ भने। उहाँको थप अपेक्षा छ, सरकारले बास दियो अब गासको समस्या पनि समाधान गरिदेओस् ।


Advertisment
Nabil box
Kumari

सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १९ को बागफाँटामा एकीकृत बस्ती निर्माण गरी मुक्त हलियाको पुनस्र्थापना गर्दा बस्तीमा खुसी छाएको छ । घरजग्गाविहीन हलिया परिवार आफ्नै घरमा बस्न पाउँदा निकै खुसी देखिन्थे । बस्ती हस्तान्तरणको औपचारिक समारोहमा पुग्दा ललिता लोहारको परिवारमा पनि विशेष खुसी छाएको थियो । उनले खुसी व्यक्त गर्दै बस्ने बास भयो, खानेपानी र ट्वाइलेट भएको छ । हलिया हुँदाखेरी त जिन्दगी बिजोग थियो भने।
एउटा कोठा मात्र भएको जस्ताको झुपडी चार जनाको परिवारले गुजारा गर्नुपरेको तीतो यथार्थ पोख्दै उनले पहिला एउटै कोठामा डल्लो पर्नुपथ्र्यो । अहिले त राम्रो छ, केटाकेटीले खेल्ने ठाउँ पाएका छन् भने।

Vianet communication

उहाँसँग अहिले तीन कोठाको घर, आँगन, खानेपानी र शौचालयसमेत छ । उनले दुईवटा कोठामा पलङ राख्नुभएको छ । पलङमा पलङपोस हालेर ओछ्यान चिटिक्क मिलाएका छन्। घर सफा छ, दुईवटा साना छोरा आँगनमा उफ्रिदै खेलिरहेका थिए, उहाँ दङ्ग हुनुहुन्थ्यो । एउटा कोठामा गुजुल्टिएको विगत भुलेर खुसीसाथ छुट्टै स्ल्याब राखेको भान्सामा पकाउँदा घर अझ सफा भएको छ ।

सात दशकमा टेक्नुभएका लालमनी सार्कीले पनि पहिलोपटक आफ्नो घरमा बास पाउनुभएको छ । उनले हलिया हुँदाको दुःख पोख्दै उठ् भने उठ्ने बस् भने बस्ने, त्यति बेलाको दुःख बयान गर्न सक्दिन । हामीलाई गुलाम, गोरु र ग्वाला भन्थे भने। छ जनाको परिवारको निकै दुःखकष्टसँग गुजारा गर्नुभएका उहाँलाई अहिले सुख पाएको अनुभव भएको छ । उनले अहिले धेरै सुविस्ता छ हजुर, म त खुसी छु ।

हात जोड्दो छु सरकारले सहयोग गर्दैछ, हाम्लाई धेरै राम्रो छ हजुर, भने। हलिया बस्तीमा पुनस्र्थापना हुने अधिकांश दलित परिवार रहेका छन् । सरकारले गत वर्ष नै कञ्चनपुरमा मात्र एक हजार ७८५ हलिया परिवारको पुनस्र्थापना गरेको थियो । बागफाँटामा ३२ परिवारका लागि बस्ती निर्माण गरिएको हो । गत वर्ष निर्माण गरिएको बस्तीलाई शनिबार हस्तान्तरण गरियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बस्ती हस्तान्तरण गरेका हुन् ।

तीन कोठाको घरमा एउटा भान्सा र दुईवटा कोठा रहेका छन् । प्रत्येक घरमा एउटा शौचालय बनाइएको छ । २० फुटको बाटो वरिपरि नालासहित बस्ती निर्माण गरिएको छ । बस्तीका प्रत्येक घर १० धुर जग्गामा निर्माण गरिएका छन् । जग्गासहित प्रतिघर जम्मा चार लाख २५ हजार रुपियाँ लगानी लागेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लामा मात्र दुई हजार सात सय परिवार मुक्त हलिया रहेकोमा सूची संशोधन हुँदा दुई हजार पाँच सयको पहिचान भएको थियो ।

हलियाको तथ्याङ्क सङ्कलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुनः पहिचान गरी अझै पनि छुट्न गएकालाई सम्बोधन गर्ने उनले बताए। जोशीले बासको व्यवस्थापछि मुक्त हलिया र कमैयालाई केन्द्रित गरी गरिबी निवारणका प्याकेज कार्यक्रम लगिने बताए। उनले सीप सिकाउँदै उनीहरूलाई उद्यमशील बनाइने बताए। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x