×

NMB BANK
NIC ASIA

साउदी युवराजले गराए जेफ बेजोसको फोन ह्याक ?

माघ ८, २०७६

NTC
Premier Steels

साउदी अरबका युवराज मोहम्मद बिन सलमानले संसारका सबभन्दा धनी व्यक्ति तथा अमेजनका सीईओ जेफ बेजोसको फोन सन् २०१८ मा ह्याक गराएको खुलासा बेलायती पत्रिका द गार्डियनले गरेको छ । 

Muktinath Bank

रिपोर्टमा लेखिएअनुसार, युवराजको व्यक्तिगत नम्बरबाट पठाइएको एक ह्वाट्सयाप मेसेजपछि बेजोसको फोन ह्याक भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिजिटल फोरेन्सिक एनलाइसिसका अनुसार, युवराजको नम्बरबाट पठाइएको मेसेजमा एउटा करप्ट फाइल थियो र त्यसैले बेजोसको फोन ह्याक गरिदियो । बेजोस अमेरिकाको प्रसिद्ध पत्रिका वाशिङटन पोस्टका मालिक हुन् ।


Advertisment
Nabil box
Kumari

पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा युवराजको भूमिका रहेको भनी साउदी अरबको आलोचना भएको थियो । 

Vianet communication

नाम नछाप्ने शर्तमा एक सूत्रले द गार्डियनलाई भने, फोन ह्याकिङ हुनुअघि बेजोस र युवराजबीच मित्रवत् कुराकानी भइरहेको थियो । बेजोसलाई करप्ट भिडियो फाइल पठाएको केही घन्टामा नै उनको फोनको सबै डेटा ट्रान्सफर गरिएको थियो । तर बेजोसको फोनबाट प्राप्त जानकारीका् उपयोग कहिले, कसरी र कहाँ गरिएको भन्ने जानकारी छैन । 

अमेजनका अमेरिकी संस्थापकलाई घेर्नमा साउदीको भूमिकाको खुलासा भएपछि वाल स्ट्रीटदेखि सिलिकन भ्यालीसम्म सनसनी फैलियो । पश्चिमी लगानीकर्ताहरूलाई साउदी अरबमा लगानी गर्न आकर्षित गर्ने युवराज सलमानको कोशिशलाई पनि यसले झड्का दिन सक्छ । 

युवराज सलमानले मेसेज पठाएको नौ महिनापछि एक अमेरिकी ट्याब्लोइडले बेजोसको निजी जिन्दगी र उनका ह्वाट्सयाप मेसेज लगायतका गोपनीय जानकारी छापेको थियो । सन् २०१८ मा बेजोसको फोन ह्याक भएको पाँच महिनापछि वाशिङटन पोस्टका पत्रकार खशोग्गीको हत्या गरिएको थियो । 

साउदी अरबले चाहिँ फोन ह्याक गरेको दाबीलाई खारेज गरिसकेको छ । अनि खशोग्गीको हत्यामा पनि भूमिका नरहेको बताएको थियो तर गत डिसेम्बर महिनामा साउदीको एक अदालतले गोप्य पुर्पक्ष गरेर हत्यामा संलग्न भनिएका आठ मानिसलाई दोषी ठहर गरेको थियो । 

डिजिटल फरेन्सिक विज्ञहरूले बेजोसको निजी जिन्दगीको गोप्य जानकारी छापिएपछि अनुसन्धान थालेका थिए । त्यसक्रममा खोज्दै जाँदा साउदी युवराजको संलग्नता भेटियो । द वाशिङटन पोस्टले साउदी अरबविरुद्ध समाचारहरू हाल्ने गरेकाले युवराजले बेजोसलाई तारो बनाएको हुन सक्ने अनुमान गरिएको छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x