×

NMB BANK
NIC ASIA

संसारका सबभन्दा धनी जेफ बेजोसको महंगो डिभोर्सका लागि साउदी युवराज जिम्मेवार ?

माघ १०, २०७६

NTC
Premier Steels

संसारका सबभन्दा धनी मानिस तथा अमेजनका सीईओ जेफ बेजोसको फोन ह्याक गरिएको खुलासा भएपछि सनसनीपूर्ण जानकारीहरू आइरहेका छन् । 

Muktinath Bank

बेजोसले पत्नीसँग गरेको संसारकै सबभन्दा महंगो पारपाचुकेमा पनि साउदी अरबका युवराज मोहम्मद बिन सलमानको संलग्नता रहेको अनुमान गर्न थालिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

द गार्डियन पत्रिकाले बेजोसको फोन ह्याक गर्न साउदी युवराजको भूमिका रहेको खुलासा गरेको थियो ।


Advertisment
Nabil box
Kumari

यसैबीच बेजोसले सन् २०१९ को अक्टोबरमा एक फोटो ट्वीट गरेका छन् । त्यसमा उनले साउदी पत्रकार जमाल खशोग्गीको हत्याको वार्षिकीमा आयोजित श्रद्धाञ्जलि सभामा भाग लिएको देखिन्छ । उनले तस्वीरमा ह्याशट्याग जमाल लेखेको देखिन्छ । 

Vianet communication

बेजोसको फोन ह्याकमा साउदी युवराजको योगदान रहेको खबर आएपछि बेजोसको पहिलो प्रतिक्रिया आएको हो । 

विभिन्न समाचारहरूमा उल्लेख भएअनुसार, ह्याकिङपछि बेजोसका निजी जानकारीहरू अमेरिकाको टेब्लोइड पत्रिका नेसनल इन्क्वायररलाई पठाइएको थियो । पत्रिकाले बेजोस र उनकी प्रेमिका लरेन्स सान्चेजका निजी सन्देशहरू लीक गरिदिएको थियो । 

त्यसको एक महिनाअघि नै जेफ र पत्नी म्याकेन्जीले २५ वर्ष पुरानो सम्बन्ध तोडेको घोषणा गरेका थिए । 

त्यसपछि जेफले पत्नीसँग संसारकै सबभन्दा महंगो डिभोर्स लिए । डिभोर्सपछि जेफले म्याकेन्जीलाई ३८ अर्ब डलर दिएका थिए । 

विशेषज्ञहरू पारपाचुके र निजी मेसेज लीक भएकोमा कनेक्सन देखिरहेका छन् । बेजोसले सान्चेजलाई पठाएको अन्तरंग मेसेजहरू म्याकेन्जीलाई पनि पठाइएको हुन सक्ने र पारपाचुकेका लागि त्यो नै मुख्य आधार बनेको हुन सक्ने विशेषज्ञहरूको राय छ ।

अमेरिकाको लस एन्जलसमा युवराज सलमान र बेजोसबीच सन् २०१८ को अप्रिल ४ मा भेटघाट गरेका थिए । त्यतिखेर उनीहरूले एकअर्काको मोबाइल नम्बर शेयर गरेका थिए । 

त्यसपछि बेजोसले युवराजका ह्वाट्सयाप मेसेज पठाए । त्यसमा एउटा भिडियो लिंक थियो । त्यस भिडियो लिंकमा एक मालवेयर थियो र त्यसैबाट बेजोसको फोन ह्याक भयो । 

त्यसपछि अनेकौं घटना भए । पाँच महिनापछि सन् २०१८ को अक्टोबर २ मा साउदी पत्रकार जमाल खशोग्गीको हत्या गरियो । खशोग्गी बेजोसको स्वामित्व रहेको वाशिङटन पोस्टमा थिए । 

सन् २०१८ को नोभेम्बर महिनामा युवराजले बेजोसलाई ह्वाट्सयाप मेसेज पठाएर मिम्समार्फत आफैंले सबै कुरा गरेको संकेत दिने कोशिश गरेका थिए ।

बेजोसको फोन ह्याक भएको पत्ता लगाउने एफटीआई कन्सल्टिङको रिपोर्टमा यस्तो ह्याकिङ दुई समूहले मात्र गर्न सक्छन् । तीमध्ये एक इटलीको मिलानमा रहेको ह्याकिङ समूह हो । त्यसमा सलमानको लगभग २० प्रतिशत शेयर छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x