×

NMB BANK
NIC ASIA

प्रहरीको भ्यानमा समेत फोटोका लागि पोज दिएका मनाङ्गेले भने– 'मेरो मिसन पूरा भयो'

माघ १०, २०७६

NTC
Premier Steels

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई २ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि ३ दिन माग गरेपनि जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले २ दिनमात्र माग दाबी गरेको थियो, सोहीअनुरूप जिल्ला प्रशासन कार्यालय कास्कीले २ दिनको म्याद दिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीले अनुसन्धानका लागि आवश्यक भएमा थप म्याद दिन सकिने बताए । प्रहरीले भने भोलि (शनिबार) भएकाले ३ दिन माग गरेको थियो ।


Advertisment
Nabil box
Kumari

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई गत मंगलबार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला सांसद मनाङ्गेले झापड हानेका थिए ।

Vianet communication

सोको विरुद्ध एन्फा कास्की अध्यक्ष मिलनले जिल्ला प्रहरीमा दिएको जाहेरी दरखास्तपछि बिहीबार मनाङ्गे पोखरा लेकसाइडस्थित एक होटलबाट पक्राउ परेका थिए ।

म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइएका सांसद मनाङ्गेले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो मिसन सफल भएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘मेरो मिसन सफल भयो । उसले (मिलन गुरुङ) पोखरामा १० वर्षदेखि सबैलाई ठग्दै आएको रहेछ ।’

यसैबीच, सांसद मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई पनि शुक्रबार दिउँसो पोखरा न्यूरोडबाट प्रहरीले पक्राउ गरेको छ ।

गुरुङको पक्राउलाई मनाङ्गेले आफ्नो मिसन पूरा भएको रूपमा अर्थ्याउन खोजेका थिए ।

उनीविरुद्ध ठगी तथा चेक बाउन्स (बैंकिङ कसूर) को उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

उनले भने, ‘उनीविरुद्ध ठगी तथा चेक बाउन्सको उजुरी परेकाले उच्च जिल्ला अदालत पोखराबाट अनुमति लिई जिल्ला प्रहरी कार्यालयले पक्राउ पूर्जी दिएको हो ।’

स्रोतका अनुसार उनीविरुद्ध पोखरा– ६ लेकसाइडस्थित ओम गोरा जोस्टल होटलका सञ्चालक हरिभक्त आचार्यले २ लाख ठगीको आरोपमा बैंकिङ कसूरको मुद्दा दायर गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x