×

चैत १९, २०८०

सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट देखिएको नुम्बुर हिमाल । तस्वीर : सुवास दर्नाल/रासस

चैत १९, २०८०

मुस्ताङको मार्फामा कृषकहरूले गोडमेल र मलजल गरेर चिटिक्क पारिएको स्याउ बारी । तस्वीर : कमल खत्री/रासस

चैत १९, २०८०

रूसी सेनामा कार्यरत नेपालीका आफन्तले सिंहदरबारअगाडि प्रदर्शन गरेका छन् । रूसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार बिहान सिंहदरबार दक्षिण गेटअगाडि आफन्तले प्रदर्शन गरेका हुन् ।  ...

चैत १८, २०८०

गुल्मीको छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गमा चैते धान रोपाइँ व्यस्थ किसान । । तस्वीर : हुमाकान्त पोखरेल/रासस

चैत १८, २०८०

रुकुम पश्चिमको बाफीकोट गाउँपालिका– ३ स्यार्पु तालमा प्याराग्लाइडिङ परीक्षण गरिँदै । तस्वीर : बलबहादुर ओली/रासस

चैत १८, २०८०

दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर । मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासी बताउँछन् । तस्वीर : सुरेश आचार्य/रासस

चैत १६, २०८०

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा देउडा खेल्दै सर्वसाधारणहरू । प्रत्येक महिनाको १ गते र १५ गते कर्णालीका विभिन्न जिल्लाबाट बसाई सरी आएका सर्वसाधारणहरू देउडा खेलबाट आफ्नो सुख दुःख सा...

चैत १६, २०८०

इजरायल दूतावास अगाडि प्रदर्शन शुक्रवार प्रदर्शन भएको छ । इजरायल -प्यालेस्टाइन युद्धका बेरा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीमाथि गरेको क्रूर दमनको विरोधमा नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका ...

चैत १६, २०८०

नर्सरी व्यवसायी सङ्घ नेपालले चैत १६ गतेदेखि १९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको नेशनल हर्टिकल्चर एक्स्पो –२०८० मा प्रदर्शनीमा सजाएर राखिएकमा विभिन्न फूल । तस्वीर : हरिराम भेटुवाल/रासस

चैत १६, २०८०

कैलालीको सत्ती भन्सार कार्यालय परिसरमा लिलाम हुन नसकेका सवारीसाधन । तस्बिरः झलनाथ खनाल/रासस

चैत १६, २०८०

म्याग्दीको मालिका गाउँपालिका–७ स्थित रहेको धार्मिक पर्यटकीय स्थल बिम गाउँको शुक्रवार ड्रोन क्यामेराबाट खिचिएको दृश्य । तस्वीर : सन्तोष गौतम/रासस

चैत १६, २०८०

सगरमाथा क्षेत्रमा याकमार्फत् विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँसम्म सामान ढुवानी गर्नुपरेमा याकको प्रयोग गरिन्छ । यस क्षेत्रमा सडक सञ्जाल जोडिएको छैन । तस्बिरः सुवास दर्नाल/रा...

चैत १६, २०८०

दाङको बङ्लाचुली गाउँपालिका–४ स्थित धामिचौरको जङ्गलमा फुलेको चुत्रो । आज भोलि फुलेर वैशाखदेखि असारसम्म पाक्ने काँचोमा हरियो र पाकेपछि कालो रङ्गको हुने चुत्रो पहाडी फल हो । उक्त फल पाकेपछि टिपेर खान मिल्...

चैत १४, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको भिरमा बुधबार भिर माहुरीको महशिकार गर्दै शिकारीहरु । म्याग्दीको अक्करे भिरपहरामा डोरीमा झुण्डिएर गरिने मह शिकारको याम सुरु भएको छ । तस्बिर : रासस

चैत १४, २०८०

सगरमाथा क्षेत्रमा अवस्थित तबुचे हिमालको काखमा रमाउँदै पर्यटक । यस हिमालको उचाइ ६ हजार ४९५ मिटर रहेको छ । तस्वीर सुवास दर्नाल/रासस

चैत १४, २०८०

चितवन राष्ट्रिय निकुञ्जले भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा रहेको बाघ । भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा सर्वसाधारणले यस उद्घार केन्द्रमा रहेका जनावरहरू हेर्न पाउने...

चैत १४, २०८०

जनकपुरधामको जानकी मन्दिर परिसरमा मङ्गलबार होली खेलेर मनोरञ्जन लिँदै सर्वसाधारण । तस्बिरः अमरेन्द्रकुमार यादव/रासस

चैत १३, २०८०

हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल कागबेनी र पृष्ठभूमिमा देखिएको हिमशृङखला । तस्वीर : कमल खत्री/रासस