×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको दावी- 'विसं २०७६ सम्ममा समुद्रमा नेपालको पानी जहाज चल्छ'

चैत ९, २०७४

NTC
Premier Steels

काठमाडौँ, ९ चैत -प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक परिवर्तनका लागि कष्टशाध्य प्रयास अभियानसहित सरकारले विविध कार्यक्रम ल्याउने बताउनुभएको छ । 

उनन्तीसऔँ राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी र उत्कृष्ट लघु, घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमको आज भृकुटी मण्डपमा उद्घाटन गर्दै उहाँले भन्नुभयो –“समृद्धिका लागि कुनै कसर बाँकी राख्ने छैन् ।” 

प्रधानमन्त्री ओलीले सर्वाधिक रोजगारी सिर्जना गर्ने लघु तथा घरेलु उद्योगका क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै “देश बनाउका लागि म कृतसंकल्पित छु, हाम्रो टिमको अठोट छ, मुलुक समृद्धिको बाटोमा अघि बढ्छ,”भन्नुभयो । 

नयाँ परिस्थिति र सम्भावनामा देखिएका चुनौतीलाई सामना गरेर अगाडि बढ्ने बताउँदै उहाँले काठमाडौँ उपत्यकामा रेल र विसं २०७६ सम्ममा नेपालको पानी जहाज समुद्रमा चल्ने बताउनुभयो । 

प्रधामन्त्री ओलीले गरेरै देखाउने भन्दै आफ्ना प्रतिबद्धतालाई नउडाउन आग्रहसमेत गर्नुभयो । 

उद्योगी तथा व्यवसायीको मनोवल कमजोर हुन नदिने बताउँदै उहाँले आआफ्ना विशेषताअनुसारको उद्योग र उद्यमशीलतालाई प्रवद्र्धन गरेर अगाडि बढिने स्पष्ट पार्नुभयो । 

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकार आर्थिक समृद्धि र सुशासनको बाटोमा रहेकाले औद्योगिक क्षेत्रका समस्यालाई सम्बोधन गरेर आगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “भाषण होइन, काम गरेर देखाउनेछौँ ।” 

प्राथमिकताका आधारमा लघु, घरेलु उद्योगलाई स्थापित एवं संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिँदै मन्त्री यादवले निजी क्षेत्र र सरकार मिलेर मुलुकको विकासमा जुट्ने बताउनुभयो । 

उद्योग सचिव यामकुमारी खतिवडाले स्थानीय श्रममा आधारित तुलनात्मक लाभ भएका लघु, घरेलु तथा साना उद्योगको विकास, प्रवद्र्धन एवं संरक्षणको आवश्यकता भएको उल्लेख गर्दै देशको सुगम तथा दुर्गम क्षेत्रमा छरिएर रहेका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गरेर अगाडि बढिने बताउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग महासंघका नेतृत्वले राज्यले घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रयोग गरेर यस क्षेत्रको प्रवद्र्धन गर्न सरकारसंग अनुरोध गर्नुभयो । 

घरेलु तथा उद्योग विकास समितिका कार्यकारी निर्देशक नवीनकुमार झाले विसं २०४२ देखि निरन्तररुपमा चल्दै आएको यस कार्यक्रमलाई आगामी दिनमा पनि अगाडि बढाउँदै लैजाने बताउनुभयो । 

पाँच दिनसम्म भृकुटी मण्डपस्थित प्रदर्शनी कक्षमा हुने सो प्रदर्शनीमा ७७ जिल्लाका उद्यमीले ३०० कक्षबाट आफ्ना वस्तु तथा सेवाको प्रदर्शनी शुरु गरेका हुन् । यस अवधिभर करीव पाँच लाख दर्शकले अवलोकन गर्ने र रु आठ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x