×

NMB BANK
NIC ASIA

रिल र रियल : दुवैमा फिट र हिट हिरो हिरोइन

बैशाख १, २०७५

NTC
Premier Steels

०अटाइगरदिशा 
बलिउडमा वास्तविक जीवनमा प्रेममा रहेका केही जोडी स्क्रिनमा पनि सँगै छाउने गरेका पाइन्छन् । अहिले ‘बागी–२’ का टाइगर श्राफ र दिशा पाटनीले पर्दामा धुम मच्चाइरहेका छन् ।

Muktinath Bank

‘बागी–२’का यी जोडी वास्तविक जीवनमा पनि उत्तिकै चर्चित छन् । यिनीहरू प्रेमी–प्रेमिका हुन् । केही वर्षयता प्रेममा रहेका यिनीहरू रेस्टुरेन्टदेखि जिमसम्म, जहाँ पनि सँगै देखिन्छन् । टाइगरको परिवारका विशेष समारोहमा पनि दिशा देखिने गर्छिन् । तर, यी दुई पर्दामा देखिएको यो पहिलोपटक हो । फिल्ममा पनि यी दुईलाई दर्शकले मन पराएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 ० रणवीरदीपिका 
रणवीर र दीपिका पनि पर्दाभन्दा बाहिर जोडीका रूपमा देखा पर्छन् । खबरअनुसार यी दुईले चाँडै नै बिहे पनि गर्दै छन् । उनीहरू पर्दामा पनि उत्तिकै सफल जोडी मानिन्छन् । पहिलोपटक यिनीहरूले सञ्जयलीला भन्सालीको ‘गोलियो कि रसलीला रामलीला’मा सँगै काम गरेका थिए । त्यसपछि उनीहरू भन्सालीकै ‘बाजिरावो मस्तानी’मा देखिए । यो जोडी अभिनीत फिल्म हिट भए । दुवैले काम गरेका भर्खरै प्रदर्शनमा आएको फिल्म ‘पद्मावत’ पनि हिट भयो । यिनीहरू रिल र रियल, दुवैमा उत्तिकै सफल मानिन्छन् ।


Advertisment
Nabil box
Kumari

० अजयकाजोल
काजोल र अजय देवगणको जोडी पनि वास्तविक र फिल्मी जीवन दुवैमा अहिलेसम्म हिट छ । यी दुईको वैवाहिक जीवन पनि उत्तिकै सफल छ । यिनीहरूले सात फिल्ममा सँगै काम गरेका थिए । बलिउडमा अजय र काजोललाई आदर्श दम्पती मानिन्छ ।

Vianet communication

 ० रणवीरक्याट्रिना
रणवीर कपुर र क्याट्रिना कैफ पहिलोपटक ‘अजब प्रेमकी गजब कहानी’मा देखा परेका थिए । सन् २००९ मा रिलिज भएको सो फिल्म हिट भएको थियो । सोही फिल्म सुटिङताका यी दुई प्रेममा परेका हुन् ।
प्रेमको चरम बिन्दुमा रहँदै गर्दा उनीहरू अभिनीत राजनीति नामक फिल्म रिलिज भयो । त्यसमा पनि उनीहरूको जोडी मन पराइयो । दुवै फिल्म हिट भए । यो जोडी अभिनीत जग्गा जासुस भने फ्लप भयो । बिहेको हल्लासम्म चलेको भए पनि सोही फिल्मको सुटिङताका यी दुईको ब्रेकअप भयो । अहिले उनीहरूबीच सम्बन्ध सुमधुर छैन ।

० शाहिदकरिना
सन् २००४ मा ‘फिदा’ फिल्मको सुटिङताका शाहिद र करिना कपुर प्रेममा परे । सन् २००७ मा अलग हुनुअघि यी दुई ‘चाइना टाउन’ र ‘चुप चुप के’मा एकैसाथ देखिए । पछि ‘जब वी मेट’को सुटिङताका यिनीहरूको ब्रेकअप भयो । ब्रेकअप हुनुभन्दा अघि यी दुईको जोडी वास्तविक जीवनमा र फिल्मी जीवन दुवैमा हिट थियो । पछि, करिनाले सैफअली खानसँग बिहे गरिन् । शाहिदले भने गैरफिल्मी युवती मीरा राजपुतसँग बिहे गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x