×

NMB BANK
NIC ASIA

तारे होटलको संख्या बढ्यो, यस्तो छ नालीबीली

जेठ १३, २०७५

NTC
Premier Steels

–सिवी अधिकारी/ रासस 

Muktinath Bank

काठमाडौँ, १३ जेठ - सेवा क्षेत्रको मुख्य आधार मानिएको पर्यटन क्षेत्र विस्तार हुँदै गएको छ । यस क्षेत्रको प्रमुख पूर्वाधार मध्येको तारे होटलको संख्या अघिल्लो वर्षको तुलनामा बढेको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय संसद्मा आज अर्थमन्त्रीले पेश गरेको आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार आलु आवको आठ महिनामा तारा स्तरको होटल संख्या १२५ पुगेको छ । अघिल्लो आव २०७३÷७४ मा तारा स्तरको होटल संख्या १२० थियो । 


Advertisment
Nabil box
Kumari

तारास्तर बाहेकको पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको संख्या आव २०७३÷७४ सम्म ९४२ रहेकामा चालु आवको प्रथम आठ महिनामा ९७७ पुगेको छ । यही अवधिमा २५१ घरबास कार्यक्रम ‘होमस्टे’ सञ्चालनमा रहेका छन् । 

Vianet communication

तारा स्तरका होटलको शय्या संख्या आव २०७३÷७४ मा १० हजार ७७ भएकामा चालु आवको प्रथम आठ महिनासम्ममा १० हजार ६९७ पुगेको छ । आर्थिक सर्वेक्षणअनुसार तारा होटलबाहेक पर्यटकस्तरीय होटल, लज तथा रिसोर्टको शय्या संख्या चालु आवको प्रथम आठ महिनासम्ममा २९ हजार १३६ पुगेको छ । सोअनुरुप चालु आवको प्रथम आठ महिनासम्ममा पर्यटकस्तरीय होटलको संख्या एक हजार १०२ र शय्या संख्या ३९ हजार ८३३ रहेको छ । 

गत आवमा पाँच क्यासिनो सञ्चालन भएकामा चालु आवको प्रथम आठ महिनामा दुई क्यासिनो थप भई हाल सात क्यासिनो र चार मिनीक्यासिनो सञ्चालनमा रहेका छन् । 

पर्यटनबाट ५८ अर्ब आम्दानी 

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा लिइने पर्यटन क्षेत्रबाट ५८ अर्ब भन्दा बढी विदेशी मुद्रा आर्जन भएको छ । 

आर्थिक सर्वेक्षण २०७४÷७५ अनुसार पर्यटन क्षेत्रबाट रु ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको पाइएको हो । यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.३ प्रतिशत, कूल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३ प्रतिशत, आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.१ प्रतिशत र कूल गाह्स्थ उत्पादनको अनुपातमा २.३ प्रतिशत हो । 

चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट रु ४३ अर्ब ४६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ । यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.४ प्रतिशत, कूल वस्तु निर्यात एवं सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २५.४ प्रतिशत र आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.७ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ । 

पर्यटकको बसाइँ अवधि घट्दै खर्च बढ्दै 

अघिल्लो वर्षको तुलनमा नेपाल घुम्न आउने पर्यटकको बसाइँ अवधि घटेको छ । बसाइँ अवधिमा खर्च भने बढ्दै गएको देखिन्छ । सन् २०१७ माप्रति पर्यटक औसत १२.६ दिनको बसाइँ अवधि रहेको छ भने प्रतिदिन प्रतिपर्यटक खर्च ५४ अमेरिकी डलर छ । सन् २०१६ मा प्रतिपर्यटक बसाइँ अवधि औसत १३.४ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ५३ अमेरिकी डलर थियो । 

यसरी सन् २०१७ मा पर्यटक आगमनमा वृद्धि भए पनि पर्यटकको औसत बसाइँ अवधि घटेको छ । सन् २०१७ मा करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x