करिश्मादेखि दिपाश्रीसम्म सम्मानित

जेठ २५, २०७५

काठमाडौं - चलचित्र विकास बोर्डले आधादर्जन महिला चलचित्रकर्मीलाई सम्मान गरेको छ । वोर्डले काठमाडौंमा ‘महिला सशक्तीकरणका लागि सूचनाको हक अभिमुखीकरण तथा प्रशिक्षण कार्यशाला’ कार्यक्रमको अवसर पारि उनीहरुलाई सम्मान गरेको हो ।

विहिवार सम्पन्न कार्यक्रममा करिश्मा मानन्धर, साम्राज्ञी राज्यलक्ष्मी शाह, बरिष्ठ कलाकार चत्य देबी, सकुन्तला शर्मा, बसुन्धारा भुसाल तथा दिपाश्री निरौलालाई सम्मान गरिएको हो ।


ADVERTISEMENT

प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाको प्रमुख अतिथ्यता तथा विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले संयुक्त रुपमा उनिहरुलाई सम्मान पत्र हस्तान्तरण गरे । नेपाली चलचित्र क्षेत्रवाट महिला सशक्तिकरणमा योगदान गरेको भन्दै ति कलाकारहरुलाई सम्मानित गरिएको हो ।

प्रदेश प्रमुख कोइरालाले कलाको माध्यमवाट समाजलाई सहि ढगंले अगाडि वढाउन सकिने भएकाले सोही किसीमले काम गर्न निर्देशन सम्मानित कलाकारहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘महिलाहरु चलचित्र वाहेक समाजमा पनी रोल मोडलका रुपमा चिनिन्छन्, चलचित्रमा पनी सोही किसीमले काम गर्नेहो भने समाज परिवर्तन गर्न खासै गाह्रो हुनेछैन ।’
 

जेठ २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस