×

NMB BANK
NIC ASIA

पर्यटनमन्त्री अधिकारीले सच्याए विवादित निर्णय, लाउडा प्रकरणका श्रेष्ठ विज्ञ समूहबाट हटाइए

असार २४, २०७५

NTC
Premier Steels

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन क्षेत्रको विज्ञ समूह (थिङट्याङ्क ग्रुप) को सूचिबाट हरिभक्त श्रेष्ठलाई हटाएको छ । 

Muktinath Bank

उक्त विज्ञ समूहमा एटिएम र हवाई कानून विषयमा विज्ञ श्रेष्ठको मनोनयन सम्बन्धमा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै श्रेष्ठलाई विज्ञ सूचीबाट हटाइएको हो । 

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मन्त्रीस्तरको आजको निर्णयअनुसार निज श्रेष्ठको नाम विज्ञ सूचीबाट हटाइएको जानकारी गराएको छ । 

नेपालको नागरिक उड्डयनको विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका व्यक्तिकाे ज्ञान, सीप, दक्षता र अनुभवलाई प्रयोग गर्ने उद्देश्यका मन्त्रालयले गत चैत २५ को निर्णयबाट यस क्षेत्रको विज्ञ समूह गठन गरेको थियो । 

नागरिक उड्डयनका क्षेत्रमा आवश्यक परेका बखत तोकिएका निश्चित क्षेत्रमा सुझाव तथा राय परामर्श दिने प्रमुख जिम्मेवारी रहेको उक्त समूह अवैतनिक तथा अन्य कुनै किसिमको व्ययभार नेपाल सरकारलाई नपर्ने गरी गठन गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

लाउडा काण्डका आरोपितलाई विज्ञ समूहमा नियुक्ति गरेको भन्दै विभिन्न सञ्चार माध्यममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको आलोचना भएको थियो । 

बहुचर्चित लाउडा विमान भ्रष्ट्राचार प्रकरण काण्डमा दोषी ठहर गरिएका अभियुक्त हरिभक्त श्रेष्ठलाई तत्कालीन शाही नेपाल वायु सेवा निगमको अध्यक्ष हुँदा बेलायतको लाउडा एयरको विमान भाडामा लिने सम्झौता गरेको आरोप लागेको थियो । 

निगमसँग आफ्नै विमान रहेको र चाइना साउथवेष्टर्नसँग भाडामा लिने सम्झौता भइसकेको अवस्थामा थप विमान नचाहिने भन्दै तत्कालीन अवस्थामा संसद्मै हंगामा भएको थियो । यो काण्डबाट निगमले झण्डै दुई अर्ब नोक्सान बेहोरेकाे थियो । विसं २०५७ मा निगम र अष्ट्रियाको लाउडा एयरबीच विमान भाडामा लिने सम्झौता गरेका श्रेष्ठमाथि लाउडा विमान भाडा प्रकरणमा अख्तियारले रु ३८ करोड ९७ लाख ६७ हजार ३१ बिगो र जरिवाना मागदाबी गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x