×

NMB BANK
NIC ASIA

निशान अपहरण प्रकरण – सँगै खाना खान्थे 'अपहरणकारी', आमाले नै पठाएकी थिइन् घुमाउन !

साउन २१, २०७५

NTC
Premier Steels

काठमाडौं – काँडाघारीस्थित मनोहरा खोलाको छेउमा सागर डिपोसँगै चिया/खाजा पाइने एउटा सानो होटल छ ।

Muktinath Bank

यो त्यही होटल हो, जुन अपहरणपछि सोमबार मृत भेटिएका बालक निशान खड्काकी आमा चमेली खड्काले करीब ८/९ वर्षदेखि सञ्चालन गर्दै आएकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होटलमा गोपाल तामाङ नाम गरेका व्यक्ति (जो प्रहरी इन्काउन्टरमा मारिए) नियमित खाजा/खाना खान्थे ।


Advertisment
Nabil box
Kumari

निकट स्रोतले जनाएअनुसार पेन्टरको काम गर्ने गोपालले सो होटलमा खान थालेको ४/५ वर्ष नै भइसकेको थियो ।

Vianet communication

उनी निशान र आमा दुवैका लागि परिचित थिए । यतिसम्म कि गोपालले १२/१५ हजारको उधारोसमेत राख्ने गरेका थिए ।

स्थानीय हाइल्याण्ड स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय निशान आइतबार स्कूलबाट फर्किए । आफ्नै होटलमा आएर खाजा खाएपछि आमा चमेलीले निशानलाई मोबाइल किन्दिन भनेर पैसासहित गोपाललाई पठाइन् ।

१२/१५ सय पर्ने सामान्य मोबाइल किनेर गोपालसँग निशान होटलमा फर्किए ।

त्यसपछि गोपालले नै निशानलाई घुमाउन भनेर बाहिर लगे । उनले बालककी आमा चमेलीसँग नै सोधेर साइकलमा राखी घुमाउन लगेका थिए ।

उनीहरू त्यहाँबाट निस्किएको लामो समयसम्म पनि फर्किएनन् । साँझ अबेरसम्म नआएपछि आतालिएकी चमेलीले प्रहरीलाई खबर गरिन् ।

प्रहरी तुरुन्तै खोजतलासमा जुट्यो । तर निशानलाई जीवित भेट्न सकिएन ।

स्थानीयले ४/५ मिनेटसम्म सुनेका थिए 'निशानको रोदन'

निशानको शव आइतबार बिहान भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित स्थानीय श्याम लवटको निर्माणाधीन घरको जगमा भेटियो ।

प्रहरीका अनुसार उनको हत्या आइतबार बेलुका ९ देखि १० बजेको बीचमा नै भएको थियो ।

स्थानीयले त्यतिबेला करीब ५ मिनेटसम्म बालक रोएको र चिच्याएको सुनेका रहेछन् । कुनै घरमा बच्चा रोएको होला भनेर कसैले चासो दिएनन् ।

अपहरणकारीले कपडाले मुख थुनेर निशानको हत्या गरी घरको जगमा किचेर छाडेका थिए । आइतबार बिहान घटनास्थलमा पुग्दा हिलाम्मे अवस्थामा निशानको शव भेटिएको थियो ।

अपहरणकारीलाई पछ्याउँदै इन्काउन्टर !

शव भेटिएपछि प्रहरीको एक टोलीले अपहरणकारीलाई पछ्याउन थाल्यो ।

भक्तपुरको सूर्यविनायक पुग्दा प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास भयो । त्यसपछि प्रहरीले चलाएको गोली लागेर अजय तामाङ र गोपाल तामाङ नाम गरेका दुई व्यक्तिको मृत्यु भयो ।

गोपाल तिनै व्यक्ति हुन्, जोसँग आमाले निशानलाई घुम्न पठाएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x