×

NMB BANK
NIC ASIA

छोराको इन्काउन्टर हुँदा बारीमा कोदो गोड्दै थिइन् गोपालकी आमा, फेसबुकमा फोटो देख्दा पत्याइनन्

साउन २३, २०७५

NTC
Premier Steels

काठमाडौं– छिन्दोङ तामाङ सोमबार दिनभर बारीमा कोदो गोडमेलमा व्यस्त थिइन् । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थली घर भएकी छिन्दोङ सोमबार बेलुकी सम्म बारीमा कोदो गोड्दै थिइन्, कान्छी छोरीको मोबाइलमा फोन आयो ।

Muktinath Bank

फोन आएपछि छोरी ट्वाल्ल परिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमा छिन्दोङ छोरीलाई के भएको हो भन्दै चिन्तामा परिन् । जब कान्छी छोरीले फोनमा आएको घटनाबारे जानकारी गराइन् त्यसपछि छिन्दोङ बारीको डिलमा रहेको रुखमा अडेस लागिन् । छोरीलाई फोन गर्नेले घ्याम्पे डाडाँमा प्रहरीसँगको दोहोरो भीडन्तमा गोपाल र अजय तामाङ मरेको खबर सुनाएका थिए । आमा छिन्दोङले छोरो मरेको कुरा पत्याउन सकिनन् । इन्काउन्टरमा परेका भनिएका गोपाल छिन्दोङका छोरा थिए । 


Advertisment
Nabil box
Kumari

सकुन् पनि कसरी ? आफूले हुर्काएको छोराको चाल चलन र व्यवहार त्यस्तो आपराधिक खालको थिएन । उनी छोराले कसैको अपहरण गर्‍यो र पुलिसलाई गोली हान्यो भन्ने कुरा पत्याउन सकिरेहकी थिइनन् । तर, जब छोरीले सामाजिक सञ्जाल फेसबुक खोलिन् तब छोराको मृत्यु भएको समाचार सत्य बन्यो । 

Vianet communication

०००

दिनभरी कोदो गोडेकी छिन्दोङ थकित थिइन् । सोमबार साँझा(इन्काउन्टर भएको साँझ) करिब सात बजेतिर छारीले फेसबुक खोल्दा छोरा गोपालको लाश उनले देखिन्, तर पत्याउन सकिनन् । आफ्नो काखमा १६ वर्ष बसेको छोराको लाश देखेपछि पनि उनलाई पत्यार लागेको थिएन । 

सोमबारको रात काट्न उनलाई मुस्किल पर्‍यो । छोराको इन्काउन्टर भएको भोलिपल्ट विहान केही साथीसहित उनी काठमाडौं निस्किइन् । 

अविरलको वर्षले गाउँसम्म गाडी नगएपछि उनीहरु चार घन्टा हिडेर बाह्रविसे बजार आए । त्यसपछि गाडी त चढे तर बलेफि बजार आइपुग्दा जाममा परे । उनीहरु चढेको गाडीको चालकले छिन्दोङसहितलाई अर्को गाडीमा काठमाडौं पठाए । दिउँसोको करिब तीनबजेमात्र उनीहरु काठमाडौं आइपुगे । 

छोराको लाशको फोटो सामाजिक सञ्जालमा देखेकी आमालाई पत्यार लागि रहेको थिएन की, मारिने आफ्नै छोरा हो भन्ने । 

जब उनले लाश हेर्न खोजिन् उनलाई दिइएन । तर उनले गोपालको आमा भएको र लाश हेर्ने अडान लिइन्  । 

०००

राष्ट्रिय मानव अधिकार आयोगमा छानविनको माग गर्दै उजुरी दर्ता गर्न आएकी छिन्दोङले भनिन्, ‘लाश हेर्दा घुँडा मुनि गोली रहिन्छ, पेटमा र टाउकाेमा गोली लागेको देखे ।’

त्यसपछि छिन्दोङ छोरा बसेको ठाउँ भक्तपुरको नगदेश पुगिन् । उनले त्यहाँ भएका छिमेकीलगातसँग कुरा गरिन् । छोरालाई प्रहरीले कोठाबाट लगेको उनलाई त्यहाँका स्थानीले बताए । त्यसपछि उनी न्याय माग्न राष्ट्रिय मानवअधिकार आयोग पुगिन् । 

‘त्यहाँका मानिसले देखेको भने त्यसपछि मैले मनमा ठाने मेरो छोराले गल्ती गरेको भए पनि चौकीमा राख्नु पर्थ्यो । मेरो छोरालाई पुलिसले लगेर मार्न त हुन्थेन भन्ने लाग्यो र न्याय माग्न आए’ भावुक बन्दै उनले भनिन् । 

०००

‘मेरो छोरा १६ वर्ष मेरोका काखमा थियो । आठ पास गरेपछि तीनवटा भाइ जन्मियो । 

१७ वर्ष लागेपछि पासपोर्ट बनाएर इराक गयो । त्यसपछि फेरि केही समय बसेपछि दुबइ गयो । 

काठमाडौंमा बस्छु केही काम गर्छु भनेर आएको हो । उ रंग पेन्टिङ गर्छु भनेर आएको थियो’ छिन्दोङले भनिन् । 

काठमाडौं पेप्सीटाउन प्लानिङमा बस्ने चमेली खड्काका छोरा ११ वर्षीय निशान खड्काको सोमबार अपहरणपछि हत्या भएको थियो । हत्यामा संलग्न भएको भन्दै प्रहरीले सिन्धुपाल्चोकका गोपाल र नुवाकोट अजय तामाङको भक्तपुरमा इन्काउन्टर गरेको थियो । 

तर, इन्काउन्टर शंकास्पद भएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । यसैबीच बुधबार अपहरणमा संलग्न भइ इन्काउन्टरमा परेका मृतक  गोपाल तामाङकी आमा छिन्दोङ तामाङ, बुबा सुकराम तामाङ, अजय तामाङका बुवा निमा तामाङ मानव अधिकार आयोगको परिसरमा उजुरी दर्ता गर्न पुगेका थिए । 

मानव अधिकार आयोगमा उनीहरुले आफ्ना छोराहरुको यथार्थ जनाकारी पाउँ भन्दै छानवीको माग गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x