×

NMB BANK
NIC ASIA

एकपछि अर्को गर्दै सौर्य परियोजनाको विद्युत् खरिद गर्दै प्राधिकरण

साउन २७, २०७५

NTC
सा‌ंकेतिक तस्बिर
Premier Steels

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले एकपछि अर्को गर्दै सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता गरेको छ । 

ऊर्जा मिश्रणको अवधारणाअनुसार प्राधिकरणले सौर्य परियोजनाबाट उत्पादित विद्युत् खरिदका लागि सम्झौता गरेको हो । प्राधिकरणले आज मात्रै दुई परियोजनाबाट उत्पादित १२ मेगाबाट सौर्य ऊर्जा खरिदको सम्झौता गरेको हो । अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । 

कम्पनीले पर्साको परवानीपुरमा आठ मेगावाट र रौतहटको चन्द्रनिगाहापुरमा चार मेगावाट क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गर्न लागेको छ । ती आयोजनासँग प्रतियुनिट सात रुपैयाँ ३० पैसामा आगामी २५ वर्षका लागि विद्युत् खरिद सम्झौता गरेको हो । 

सम्झौतामा प्राधिकरण उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सञ्जीव न्यौपानेले हस्ताक्षर गरेका छन् । उत्पादित विद्युत प्राधिकरणको नजिकैको सवस्टेशनमा जोडिनेछ । आगामी १० महिनाभित्रै विद्युत् उत्पादन गरी सवस्टेशनमा जोड्ने तयारी गरिएको र आजको सम्झौताले आफूहरुलाई उत्साहित बनाएको प्रबन्ध निर्देशक न्यौपानेले बताए । 

उनका अनुसार आगामी भदौको पहिलो सातादेखि नै सौर्य ऊर्जा प्रणाली जडानको काम शुरु हुनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार विद्युत् खरिद सम्झौता भएको हो । 

बजारमा सौर्य पाताको मूल्य घटेको र अन्तर्राष्ट्रियरुपमा नै सौर्य ऊर्जा प्रणालीको मूल्यसमेत क्रमशः ओरालो लागेको छ । प्राधिकरणले ऊर्जा मिश्रणको अवधारणाअनुसार नुवाकोटमा २५ मेगावाटको सौर्य प्रणाली जडान गर्न लागेको छ । सो परियोजनाको समेत निर्माण शुरु भइसकेको छ । विद्युत् विकास विभागले हालसम्म ४४ वटा सौर्य परियोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । ती परियोजनाको क्षमता २२२ मेगावाट छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x