×

NMB BANK
NIC ASIA

निशान अपहरण र हत्याकाण्डः तीन आमालाई पुत्र वियोग, ‘छोरा अपराधी नै भएपनि नमारिदिएको भए हुन्थ्यो’

साउन २९, २०७५

NTC
Premier Steels

भक्तपुर– यही साउन २० गते काठमाडौँ महानगरपालिका–३२ काँडाघारीबाट भएको अपहरण एवं हत्याकाण्डमा तीन आमा पुत्र वियोगमा परेका छन् । 

Muktinath Bank

काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण र हत्यापछि प्रहरीको इन्काउण्टरमा मारिएका अपहरणकारीको आमाहरुको अवस्था पनि निशानकी आमा चमेली खड्काको जस्तै बनेको छ । नुवाकोट समरीका २४ वर्षीय अजय तामाङको ५३ वर्षीया आमा कासाङ लामा छोराको वियोगले शोकमा छिन्  । उनी मात्रै होइन ६ वर्षअघि मात्रै विवाह गरेकी २३ वर्षीया श्रीमती रजनी तामाङको अवस्था झन् नाजुक छ । साढे तीन वर्षकी छोरी सजनीले अब कहिल्यै बाबा भन्न नपाउने भएकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अजयकी आमा कासाङ भन्छिन्, “मेरो छोरा अपराधी नै भए पनि नमारिदिएको भए हुन्थ्यो, ऊ मारिँदा मैले मात्रै छोरा गुमाइनँ, मेरी बुहारीले लोग्ने गुमाई, सानी नातिनीले आफ्नै बाबु गुमाई, उसलाई जति भए पनि सजाय दिएको भए हुन्थ्यो, जेलमै भए पनि छोरा बाँचेको छ त भन्न पाइन्थ्यो ।” “अपराधी नै भए पनि आमाबुबाका लागि छोरा प्यारो नै हुन्छ”, अजयका बाबु निमाले भने, “छोराको लास ल्याएर दाहसंस्कार सकियो तर अजयकी आमा र श्रीमतीलाई सम्झाउन सकिएन, यी दुईको पीडा हेरेर मलाई पनि बाँच्न गाह्रो भो ।” 


Advertisment
Nabil box
Kumari

विदेशमा बस्दा पनि राम्रोसँग कमाई गर्न नसकेका र काठमाडौँमा पनि राम्रो कमाई भएन भनेर घरमा भन्ने गरेको बताउँदै उनले बेलाबेलामा आठ–दश हजार रुपैयाँ पठाउने गरेको बताउँछन् । “हामीलाई त उसको कमाईको कुनै मतलब थिएन, उसको श्रीमती र छोरीलाई पुगे भइहाल्थ्यो, अब त त्यो पनि सकियो, बुहारीलाई खै कसरी सम्झाउनु,” निमा भन्छन् । 

Vianet communication

वैदेशिक रोजगारीमा इराक र मलेशियामा बस्दा भेट भएका सिन्धुपाल्चोक मासखर्कका २३ वर्षीय गोपाल तामाङसँगको सल्लाहले नै काठमाडाँैमा गएर घरमा रङ्ग लगाउने काम गर्न थालेको उनको भनाइ छ । 

बालक निशानको अपहरण र हत्या घटनामै प्रहरी इन्काउण्टरमा मारिएका अजयको साथी गोपालको आमाको अवस्था पनि उस्तै छ । इन्काउण्टरमा छोरा मारिएको नौ दिन बितिसक्दा पनि गोपालकी आमा छिन्डोमा तामाङको आँखा ओभाएको छैन । कक्षा ८ मै पढाइ छाडेर दुई पटक इराक, एक पटक दुबई र मेलेशिया बसेर आए पनि सन्तोषजनक रुपमा पैसा कमाउन नसके पनि घर खर्च धान्ने तथा भाइबहिनीलाई पढाउने गोपाल नै भएको उनी बताउँछिन् । 

छोरा मारिएको खबर २१ गते पाए पनि विश्वास नलागेर २२ गते टिचिङ अस्पतालमा पुगेर शव हेरेपछि मात्रै आफूलाई विश्वास लागेको बताउने उनी गोपालको शव काठमाडौँमा दाहसंस्कार गरेर फर्किए पनि छोरा बिर्सन नसकेको बताउँछिन्। अपहरणमा परी हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको आमा चमेलीको अवस्था झन् कारुणिक छ । श्रीमान् गणेश वैदेशिक रोजगारीमा गएपछि काठमाडौँमा दुई छोरी र एक छोराको जिम्मेवारी सम्हाल्दै खाजा पसल सञ्चालन गर्दै आएकी चमेलीको एक मात्र छोरोको अपहरण पछिको बीभत्स हत्याले उहाँनी  निकै मर्माहित भएकी छिन्। 

एकैछिन अगाडिसम्म खाजा खाएर अगाडि नै खेल्दै गरेको छोराको आफ्नै पसलमा आउने नियमति ग्राहक र चिनजानका व्यक्तिले नै एकै छिनमा अपहरण गर्लान् भन्ने भेउसमेत नपाउँदै अपरहण गरी हत्या गरे पछिको पीडा सहन उनलाई निकै गाह्रो भएको छ । जतिखेर पनि “मेरो बाबु, मेरो छोरा” भन्दै छोराको सम्झनामा रोइरहने चमेलीका लागि जीवनभर निको नहुने घाउ बन्यो छोराको अपहरण र हत्या । 
अपहरण गरेपनि सँगै खेलेको, खाएको त्यो बालकलाई अपराधीहरुले नमारिदिएको भए पनि हुन्थ्यो नि भन्ने चमेलीको अवस्था निकै कारुणिक बनेको छ । लोभ, लालच र अपराधी मानसिकताले जन्मिएको बालक अपहरण र हत्या घटनाले अन्ततः तीनवटी आमालाई सधैँका लागि पीडा दिएर गएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x