×

NMB BANK
NIC ASIA

६० वर्षअघि बैंकबाट चोरे ३ करोड, फर्केर आएर दिए पार्टी

भदौ ३, २०७५

NTC
Premier Steels

काठमाडौं – सन् १९५८ मा इम्पिरियल बैंक अफ क्यानडाको ओट्टावा ब्रान्चबाट बैंकका चीफ टेलर २.६० लाख डलर (तीन करोड रुपैयाँ) लिएर भागे । उनी घटनापछि अमेरिका पुगे तर केही दिनमा नै त्यहाँको प्रहरीले उसलाई पक्रियो । 

घटनाको ६० वर्षपछि उनी क्यानडा फर्किंदा बैंक भएको ठाउँमा रेस्टुराँ खुलेको जानकारी पाए । उनी त्यहाँ साथीहरूसँग पुगेर पार्टी दिए । 

उनको कथा थाहा पाएपछि रेस्टुराँले उनको वान्टेड लेखिएको पोस्टर लगायो ताकि मानिस गलत बाटोमा हिँडेको दुष्परिणाम थाहा पाऊन् र शिक्षा लिऊन् । 

सन् २०१८ को अगस्ट १० मा जोनसोन क्यानडा फर्किंदा रिभेरा रेस्टुराँ खुलेको जानकारी पाए । खासमा इम्पिरियल बैंक अफ क्यानडालाई क्यानेडियन इम्पिरियल बैंक अफ कमर्सले लिएपछि सन् १९६१ मा ओट्टावा ब्रान्च बन्द गरिदिएको थियो । 

जोनसोनका साथीले रेस्टुराँमा बूकिङ गरे अनि व्यवस्थापनलाई बताए, ‘म आफ्नो साथीलाई त्यही बैंक भएको ठाउँमा लग्दैछु जसलाई उसले लुटेको थियो ।’

लन्च गरेपछि जोनसोन रेस्टुराँमा घुमे र बैंकको लकर भएको ठाउँमा पनि पुगे । रेस्टुराँले त्यस ठाउँमा बार बनाएको रहेछ । 

जोनसोनले आफ्ना साथी, रेस्टुराँका वाइन डाइरेक्टर म्याकमोहन र हेड शेफसँग बसेर श्याम्पेन पिए र पैसा चोरेकोदेखि पक्राउ परेकोसम्मको कथा सुनाए । 

जोनसोनले सन् १९५८ मा आफू ओट्टावा ब्रान्चको हेड टेलर रहेको जानकारी दिए । त्यतिखेर उनी २० वर्षका थिए । 

उनी शुक्रवारको दिन सहकर्मीहरू छुट्टी हुन लागेको सुरमा बैंकको क्याश गन्न बिर्सने गरेको देख्थे । अनि एक शुक्रवार उनले बैंकको लकरबाट २.६० लाख डलर चोरे । त्यसपछि उनले लकरमा टाइमर लगाइदिए जसले गर्दा
सोमवारअघि त्यो खुल्न सक्दैनथियो । चोरी गरेको भोलिपल्ट उनी पत्नी र आमाका साथ अमेरिकाको डेन्भर गए । 

जोनसोनले डेन्भर क्लबमा पार्टी गरिरहेको बेलामा एक महिला वेटरले वान्टेड पोस्टर हेरेर उनलाई चिनेको र प्रहरीलाई खबर गरेको बताए । प्रहरीले आरोपितबाट चोरिएको अधिकांश रकम असुल्यो तर चार हजार डलर उसले खर्च
गरिसकेको थियो । 

त्यो खर्च भएको रकम उनका पिताले तिरे । जोनसोनलाई चार वर्षको कारावास सजाय सुनाइयो तर सन् १९६० मा उसलाई पेरोलमा रिहा गरियो । 

बैंकमा चोरीको घटना ६ दशक पुरानो भएपनि त्यसले उनलाई जिन्दगीको मूल्य बताइदिएको जोनसोन बताउँछन् । जेलबाट बाहिर आएको दिन जिन्दगीको सबभन्दा राम्रो दिन भएको उनी बताउँछन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x