सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाउने सरकारको निर्णय

असोज ६, २०७५

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाउने निर्णय गरेको छ । यातायात व्यवसायीको माग पूरा गर्न भन्दै सरकारले दशैंको मुखमा १० प्रतिशत भाडा बढाउने निर्णय गरेको हो । 

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायीसँग भएको वार्तामा इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानेर १० प्रतिशत भाडा बढाउने सहमति भएको भएको मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए। 


ADVERTISEMENT

मन्त्रालयमा  यातायात व्यवसायी राष्ट्रिय महासंघ, उपभोक्ता प्रतिनिधि, र सुरक्षा निकायका प्रतिनिधिसहितको बैठक बसेको थियो । 


यसअघि भाडा बढाउनुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायीले शुक्रबारदेखि दशैंको लागि अग्रिम टिकट बुकिङ गर्न अस्वीकार गरेका थिए ।

यो सहमतिसँगै अग्रिम टिकट बुकिङ गर्न व्यवसायी सहमत भएको बताइएपनि कहिलेदेखि खुल्ला गर्ने भन्नेमा चाँही तोकिएको छैन । 

बढेको भाडादर आइतबारदेखि नै लागू हुनेगरी यातायात व्यवस्था विभागले सिफारिस गर्ने दुई पक्षबीच सहमति भएको छ । 

असोज ६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस