लभ स्टेसनको शुभसाइत

असोज ८, २०७५

काठमाडौं –गोविन्द शाही, क्रिशु शाही (काफिया) र कवीर विक्रम शाहीले संयुक्त रूपमा निर्माण गर्न लागेको चलचित्र लभ स्टेसनको शुभसाइत गरी क्यामेरा खोलिएको छ ।

सोमवार पशुपतिनाथ मन्दिरको प्रागंणमा पूजाआजा गरी शुभमुहुर्त गरिएको हो ।


ADVERTISEMENT

निर्माण टीम भोलि छायाङ्कन स्थलतर्फ लाग्नेछ । शुक्रवारबाट चलचित्रको छायाङ्कन प्रारभ्म हुने निर्माता गोविन्द शाहीले बताए । चलचित्रमा अहिलेका हटकेक अभिनेता प्रदीप खड्का र लिलिबिली फेम अभिनेत्री जसिता गुरुङ लिड क्यारेक्टरमा रहनेछन् ।

प्रकाश शाह, रमेश बुढाथोकी, रवि डंगोल, सिरु विष्ट, रश्मी पाण्डे आदि कलाकारको पनि अभिनय रहनेछ । उज्वल घिमिरेको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ५० दिन लगाएर खिचिँदैछ । लभ स्टेशनलाई आलप शुक्लाले खिच्नेछन् । २ करोड लागतमा निर्माण हुन लागेको चलचित्र फ्लोरमा जानुअघिनै चर्चामा छ ।

भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानमा छायांकन हुन लागेको लभ स्टेसन पूर्ण रूपमा प्रेमकथामा आधारित रहनेछ ।
 

असोज ८, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस