×

NMB BANK
NIC ASIA

वडा कार्यालयले जडान गर्‍यो निःशुल्क वाइफाई

असोज ३०, २०७५

NTC
Premier Steels

दमौली – तनहुँको व्यास नगरपालिका–३ स्थित पराशर टोलमा निःशुल्क वाइफाई जडान गरिएको छ ।

Muktinath Bank

वडा कार्यालय र वर्ल्डलिंक कम्युनिकेसनबीच सम्झौता भई कम्पनीले ५ वर्षका लागि पराशर टोलमा निःशुल्क रुपमा वाइफाई सेवा उपलव्ध गराएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडाध्यक्ष प्रेमकुमार श्रेष्ठ, सदस्य रविन पौडेल, चौतारा निर्माण समितिका अध्यक्ष सुदीप काफ्ले र कम्पनीका तर्फबाट मनोज मल्लले सोमबार वाइफाईको औपचारिक शुभारम्भ गरे । यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै चौतारामा विश्राम गर्ने सर्वसाधारणलाई लक्षित गरी निःशुल्क इन्टरनेट जडान गरिएको वडा सदस्य रविन पौडेलले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

एकै पटक १ सय जनाले प्रतिव्यक्ति २ एमबीपीएस डाटा बराबरको इन्टरनेट प्रयोग गर्न पाउने गरी वाइफाईको व्यवस्था गरिएको वर्ल्डलिंकका दमौली शाखा प्रमुख मनोज मल्लले बताए । लगातार १ घण्टा प्रयोगपछि भने इन्टरनेट पुन कनेक्ट गर्नुपर्नेछ ।

Vianet communication

वर्ल्डलिंककै ग्राहकले भने आफ्नै युजर प्रयोग गरी लगातार प्रयोग गर्न सक्ने उनले जानकारी दिए । चौतारा निर्माण समितिको आग्रहमा वर्ल्डलिंकले सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क रुपमा वाइफाईको व्यवस्था गरेको समितिका अध्यक्ष सुदीप काफ्लेले बताए ।

निर्माण हुन लागेको ३ सय २५ फुट लम्बाईको अपाङ्गमैत्री चौतारा सम्भवत देशकै पहिलो हुन सक्ने भन्दै अध्यक्ष काफ्लेले चौतारालाई नमूना बनाउने अभियानअन्र्तगत समितिको आग्रहमा कैलाश बैंकले बत्ती र वर्ल्डलिंकले इन्टरनेट जडान गरिदिएको जानकारी दिए । सो क्षेत्रलाई रात्रिकालीन पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्ने दीर्घकालीन लक्ष्य वडाले लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x