×

NMB BANK
NIC ASIA

भारतमा बत्ति जाँदा नेपालमा अन्धकार !

कात्तिक ५, २०७५

NTC
Premier Steels

दार्चुला-  दार्चुलाबाटै झण्डै सयौँ मेगावाट पुग्ने गरी साना ठूला जलविद्युत् उत्पादन भए पनि जिल्ला अझै भारतीय विद्युत्को भरमा छ । 

Muktinath Bank

सदरमुकाम खलङ्गा मात्र हैन ग्रामीण भेगमा पनि अहिले भारतबाट आयात गरिएको विद्युत्ले उज्यालो दिएको छ । भारतमा बत्ति जाने बित्तिकै जिल्लाको अधिकांश भूभागका नागरिकले अन्धकारमा बस्नु परेको छ । 

जिल्लाको चमेलिया नदीबाट ३० मेगावाट, अपर नौगाडबाट साढे आठ मेगावाट, २५० किलोवाट डुङुरीलगायत सयौँ किलोवाटका ग्रामीण लघुजल विद्युत् जिल्लामा उत्पादन भएका छन् तर अहिले पनि भारतको तीन ठाउँबाट ८०० किलोवाट विद्युत् दार्चुलाको लागि ल्याइएको छ । 

जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रको लागि भन्दै लेकमको लालीबाट १०० किलोवाट, व्यासको हुतीबाट १०० किलोवाट र मालिकार्जुन गाउँपालिकाको सीमा क्षेत्र जौलजीवी भएर ६०० किलोवाट जलविद्युत् ल्याइएको छ । 

हाल नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले डुङुरीमा उत्पादित विद्युत् मात्रै सदरमुकाम खलङ्गा आसपासमा उपलब्ध गराएको छ । त्योबाहेक थप विद्युत् भारतबाटै आयात गरेर वितरण गर्नुपरेको वितरण केन्द्र दार्चुलाका प्रमुख दयाराम शाहले बताए ।

जिल्लाबाट उत्पादित विद्युत्ले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा विद्युत् भार कटौतीमुक्त गरिरहेको बेला जिल्लामा भने अझै भारतको विद्युत् भार कटौती व्यहोर्नुपरेको स्थानीय सिकेन्द्रसिह कुँवरले बताए । 

शैल्यशिखर नगरपालिका र महाकाली नगरपालिका सीमा क्षेत्र बरमुडे क्षेत्रमा सामुदायिक वन क्षेत्रको कारण प्रसारण लाइन ल्याउने क्रममा अवरोध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । झण्डै पौने एक किलोमिटर क्षेत्रमा सामुदायिक वन पर्छ । अन्य क्षेत्रमा विद्युत्को प्रसारण लाइन जोडिएको छ । यस्तै थालिगाडस्थित ३३ केभीको शव स्टेशन निर्माण अधुरै छ । 

बरमुडे क्षेत्रको सामुदायिक वनको विवाद सकिए तत्काललाई प्रसारण लाइनमार्फत ११ किलोवाट विद्युत् सदरमुकाम खलङ्गा ल्याउन सकिने शाहको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुदायिक वनभित्र कति रुख क्षति हुने बारे यकिन विवरण आइनसकेको वन डिभिजन कार्यालयका निमित्त प्रमुख अमरसिंह धामीले बताए ।  इलाका वनलाई निरीक्षण र रुख क्षतिबारे जानकारी माग गरिएको छ उनले भने । जिल्लामा विद्युत् भारतीय क्षेत्रबाट ल्याउनुपर्दा महँगो पर्नुको साथै वार्षिक करोडौँ रुपैयाँ भारतमा जाने गरेको छ । सामुदायिक वनको समस्या स्थानीय तहमार्फत समाधान गर्नुपर्ने प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना बताउँछन् ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x