×

NMB BANK
NIC ASIA

यो आतिसबाजीको देश हो (कविता)

कात्तिक २५, २०७५

NTC
Premier Steels

वीरेन्द्र कटुवाल

Muktinath Bank

यो,
आतिसबाजीको देश हो ।
यहाँ, 
भोकहरू मौलाउँछन्,
भोकाहरू बौलाउँछन्,
र, 
आतिसबाजी हुन्छ,
स्वादिष्ट भोजनका पोस्टरहरूको । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ, 
न्याय प्याकप्याक गर्दै मर्छन्
अन्यायीले तरक्की गर्छन् ।
र 
आतिसबाजी हुन्छ,
कानूनी राज्यका ध्वजापताकाहरूको ।
यहाँ, 
अधिकारको बिल्लीबाठ हुन्छ ।
अधिकारकर्मीको फलिफाप हुन्छ । 
र, 
आतिसबाजी हुन्छ,
मानवअधिकारका रङ्गीन ब्यानरहरूको । 
यहाँ, 
लोकतन्त्र गायत्रीमन्त्र बन्छन्
लोकतन्त्रवादी नयाँ बादशाह हुन्छन् ।

आतिसबाजी हुन्छ, 
कल्याणकारी राज्यका पर्चाहरूको ।
यहाँ, 
रोगको उत्पादन हुन्छ,
रोगीको व्यापार हुन्छ,
र, 
आतिसबाजी हुन्छ, 
स्वास्थ्य अधिकारका दस्तावेजहरूको ।
यहाँ, 
गरीबले क्रान्ति गर्छन् ।
परजीवीले शासन गर्छन् । 
र, 
आतिसबाजी हुन्छ,
समाजवादका ठूलाठूला बलूनहरूको ।


Advertisment
Nabil box
Kumari

हो, 
यहाँ यस्तै हुन्छ,
मर्ने मर्दै गर्छन् / रुने रुँदै गर्छन्,
र,
आतिसबाजी हुन्छ,
शान्ति, समृद्धि र अमनचैनका होर्डिङबोर्डहरूको ।
यहाँ, 
मानवताको कत्लेआम हुन्छ,
दानवताको वन्दना हुन्छ ।
र 
आतिसबाजी हुन्छ,
सामाजिक सद्भावका स्वर्णिम विज्ञापनहरूको ।
हो, 
यो आतिसबाजीको देश हो । 
बोकेर,
रक्ताम्मे अस्मिता थाम्लोमा,
लुकाएर,
छाती चिरिने वेदना हृदयमा,
छोपेर, 
भोकतिर्खाको ज्वालामुखी आँतमा,
आतिसबाजी हुन्छ, 
जय–जयगानहरूको,   
नव–महाराजहरूको दीर्घायु  र चिरायुको कामनामा । 
किनभने
यो आतिसबाजीको देश हो । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x