×

NMB BANK
NIC ASIA

मुख्यमन्त्री र अमेरिकी राजदूत डब्लु बेरीबीच भेटवार्ता

कात्तिक २९, २०७५

NTC
Premier Steels

बुटवल – ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले बिहीवार भेटवार्ता गरेका छन् ।

Muktinath Bank

मुख्यमन्त्री कार्यालयमा भएको भेटमा संघीयता कार्यान्वयनमा हालसम्म भएका काम, समृद्धिका लागि प्रदेशका प्राथमिकता, नेपालको विकासमा अमेरिकाले गरेको सहयोग र सहयोगका क्षेत्रबारे छलफल भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्यमन्त्री पोखरेलले ३ तहको चुनावपछि राजनैतिक संघीयता पूर्णरुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनःसंरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

प्रशासनिक पुनःसंरचनाले प्रशासनिक संघीयता कार्यान्वयन हुने र वित्तीय संघीयता कार्यान्वयन भएपछि संघीयताको पूर्णरुपमा व्यावहारिक अभ्यास र कार्यान्वयन हुने जानकारी मुख्यमन्त्रीले राजदूत बेरीलाई जानकारी गराए ।

Vianet communication

भेटमा मुख्यमन्त्रीले प्रदेश मिनी नेपालको रुपमा रहेको भन्दै प्रदेशका  विशेषताबारे बताए । ‘यो प्रदेशमा हिमाल, पहाड र तराई रहेको र नेपालका अरु सबै प्रदेशका विशेषताहरू रहेका छन्,’ पोखरेलले राजदुतलाई भने ।

भेटमा राजदूत बेरीले नेपालको संघीयता कार्यान्वयनमा अमेरिका सरकारले के सहयोग गर्न सक्छ भन्ने जिज्ञासा राखेका थिए । उनले अमेरिकाले २ सय ५० वर्षदेखि संघीयताको अभ्यास गर्दै आएको र अझै धेरै गर्न बाँकी रहेको तथा संघीयता कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए ।

अमेरिकाले ३० वर्षअघि राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम सञ्चालन गरेर पूर्वाधार विकासमा ठूलो टेवा पुर्याएको स्मरण गर्दै मुख्यमन्त्रीले अझै पूर्वाधार विकास विकासका लागि ठूलो स्रोतको आवश्यकता रहेको बताए । उनले प्राविधिक शिक्षाको महत्त्वपूर्ण केन्द्र स्थापनाका लागि सघाउन आग्रह गरे । 

भेटमा राजदूत बेरीले समावेशी लोकतन्त्र, सुशासन र स्थायित्वका लागि सधैं मिलेर काम गर्ने जानकारी गराए । उनले आफूले लुम्बिनीको भ्रमण गरेको र यस्ता सम्पदा जोगाएर अघि बढ्न सके नेपालले लाभ लिन सक्ने बताए ।

बिहीवार नै मुख्यमन्त्रीलाई बेलायती सहयोग नियोग डीएफआईडी अन्तर्गतको रोजगारका लागि सीप कार्यक्रमका टीम लिडर बाल्जित भोराले भेट गरेका छन् । भेटमा रोजगार सिर्जना, सीप विकास र आर्थिक वृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने विषयमा प्रदेश सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्नेबारे छलफल भएको छ । ४ वर्षे कार्यक्रम सञ्चालन गर्न अर्थ मन्त्रालयसँग सम्झौता भइरहेको छ । त्यस अनुरुप प्रदेशमा प्रदेशको आवश्यकता, सम्भावना र क्षमताका आधारमा कार्यक्रम पहिचान तथा सञ्चालन गर्नेबारे प्रारम्भिक छलफल भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x