महिला भलिबलको उपाधि एपीएफलाई

पुस २९, २०७५

काठमाडौं– दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । शनिबार न्यू  डायमण्ड भलिबल क्लबको कोर्टमा भएको खेलमा एपिएफ ३–१ ले विजयी बनेको हो । 

फाइनलमा प्रतिभा मालीले ४२ अङ्क जोडे पनि न्यू डायमण्डलाई जिताउन सकिनन् । उपाधि भिडन्तमा पहिलो सेट गुमाए पनि लगातार तीन सेटमा जित निकाल्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफकी सरस्वती चौधरीले ३१ अङ्क जोडिन् । 
 
घरेलु टोलीले पहिलो सेट २५–१६ ले जित्दै उत्कृष्ट शुरुआत गरेको थियो । तर खेलमा एपिएफले उत्कृष्ट पुनरागमन ग¥र्यो । दोस्रो सेट २५–२१ ले जितेको एपिएफले दोस्रो २५–२३ र तेस्रो सेटमा २५–१८ को जित निकाल्न सफल भयो । उपाधिसँगै एपिएफले रु तीन लाख एक हजार प्राप्त गर्यो । उपविजेता न्यू डायमण्डले रु दुई लाख एक हजारमा चित्त बुझायो ।
 
लिग कम नकआउटका आधारमा गरिएको प्रतियोगितामा आठ टोली सहभागी थिए । पोखराको टप्स माविलाई पराजित गर्दै अर्को विभागीय टोली पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो । तेस्रो भएको पुलिसले रु एक लाख तथा चौथो भएको टप्स माविले रु ५० हजार प्राप्त ग¥यो ।
 


ADVERTISEMENT

पुस २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार