अमेरिकी राष्ट्रपतिका लागि कमलाले गरिन् उम्मेदवारी घोषणा, यस्तो छ उनको नालीबेली

माघ ७, २०७५

वासिङ्टन– अमेरिकी सिनेटर कमला ह्यारिसले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । 
राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गर्न उम्मेदवारी घोषणा गर्नेहरुको भिडमा उनले पनि उम्मेदवारी घोषणा गरेकी हुन् । 

सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् उनले उम्मेदवारी घोषणा गरेको  समाचारमा जनाइएको छ । 
सान फ्रान्सीस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि भएकी उनी  दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएकी थिइन् । 
त्यो कार्यकाल उनको २०११ देखि २०१७ सम्म थियो । 
अमेरिकाको अन्त्यधिक जनसंख्या भएको यस राज्यमा उनी कानुन कार्यान्वयन प्रमुख अधिकृत बन्ने पहिलो महिला मात्र नभई पहिलो अश्वेत नागरिक पनि हुन् । 
उनी  भारतीय तामिल समुदायकी छोरी हुन् । 
अमेरिकाको इतिहासमा उनी दोस्रो अश्वेत महिला सिनेटर हुन् । 
 पहिलो अश्वेत महिला सिनेटर कारोल मोसेलेय ब्राउन थिए । 


ADVERTISEMENT

अमेरिकामा झण्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको छ । 
त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । 

माघ ७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस