बसन्त थापाको फेसबूक ह्याक

असार १८, २०७६

काठमाडौं- लोकगायक एवं सर्जक बसन्त थापाको फेसबूक ह्याक भएको छ । 

मंगलवारदेखि आफ्नो फेसबूक एकाउन्ट ह्याक भएको उनले बताए । 


ADVERTISEMENT

ह्याक भएको थापाको फेसबूक एकाउन्टमा अश्लील तथा अन्य केही भिडियोहरू सेयर भएका छन् । 

'मेरो फेसबूक एकाउन्ट ह्याक भएको छ,' थापाले लोकान्तरसँग भने, 'भियतनामबाट ह्याक भएको जस्तो छ, रिकभरको प्रक्रियामा छु ।'

उनले आजसम्म एकाउन्ट रिकभर नभए भोलि प्रहरी कार्यालय गएर अरू एक्सन लिने जानकारी दिए । 

संगीतकार आशिष अविरलले पनि थापाको एकाउन्ट ह्याक भएको भन्दै फेसबूकमा स्टाटस लेखेका छन् । 

नेपाली संगीतमा उनले थुप्रै हिट गीत दिएका छन् । उनको पछिल्लो समय निकै रुचाइएको गीत हो- सालको पात । 

उनले हालै 'उडायो पात हुरीले' गीत बजारमा ल्याएका छन् ।  

असार १८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस