×

NMB BANK
NIC ASIA

कंगना रनावत भिडिन् पत्रकारसँग (भिडियो)

असार २३, २०७६

NTC
Premier Steels

काठमाडौं – विवादमा रहिरहने बलिउड अभिनेत्री कंगना रनावत नयाँ फिल्म जजमेन्टल है क्याको गीत सार्वजनिकीकरण कार्यक्रममा पत्रकारसँग भिडेकी छन् । 

Muktinath Bank

उक्त पत्रकारले आफ्नो अघिल्लो फिल्म मणिकर्णिका : द क्वीन अफ झाँसीको नकारात्मक समीक्षा लेखेको र आफूविरुद्ध बेइज्जती गर्ने अभियान चलाएको आरोप कंगनाले लगाइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कंगनाले पत्रकारलाई भनिन्, ‘तिमी मेरो बारेमा फोहरी फोहरी कुरा लेख्छौ । राष्ट्रवादी भन्छौ । यति फोहरी सोच कताबाट ल्याउँछौ ? तिमीले मेरो फिल्म मणिकर्णिकाको धज्जी उडायौ । फिल्म बनाएर मैले गल्ती गरें त ? मैले राष्ट्रवादका विषयमा फिल्म बनाउँदा तिमी मलाई राष्ट्रवादी भनेर गिज्याउने ?’


Advertisment
Nabil box
Kumari

पत्रकारले कंगनालाई गलत काम गरेको र आफूलाई थर्काएको बताएपछि कंगनाले कसैलाई पनि नथर्काएको र आफ्नो कुरा प्रस्ट राखेको बताइन् ।

Vianet communication

कंगनाले पत्रकारको फोहरी सोच भनेर मणिकर्णिका फिल्मको प्रेस सम्मेलनको सन्दर्भ लिएकी थिइन् । त्यतिखेर पत्रकार जस्टिन रावले मणिकर्णिका किन पाकिस्तानमा सार्वजनिक गरेको जबकि शबाना आजमीले पाकिस्तानमा एउटा कार्यक्रम आयोजना गर्न खोज्दा तिमीले नै उनलाई गाली गरेकी थियौ भनी सोधेका थिए । 

कंगनालाई त्यसको रिस उठिरहेको थियो र उनले आइतवार जजमेन्टल है क्या फिल्मको वाख्रा स्वाग गीत सार्वजनिक गर्ने कार्यक्रममा पत्रकार आफूलाई बेइज्जत गर्न लागिपरेको बताइन् । 

जजमेन्टल है क्या फिल्मको ट्रेलर सार्वजनिक भएपछि मानिसहरूले प्रशंसा गरिरहेका छन् । फिल्म साउन १० गते रिलिज हुँदैछ ।

कंगना भड्किएको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.instagram.com/tv/BzoAa6enjH1/?utm_source=ig_embed

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x