×

NMB BANK
NIC ASIA

मुख्य समाचार

सरकारसँग वार्ता गर्न विप्लव समूह तयार, उपकुलपतिनै घूससहित समातिए

असार २७, २०७६

NTC
Premier Steels

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा डा राजकुमार रौनियार र प्रतिष्ठानका डा रामहरि रौनियार रु आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् ।
 
       प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनबापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बिहीबार निजहरूलाई घूस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट रङ्गेहात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

Muktinath Bank

   ‘त्रिविमा कार्पेट होइन प्लाइउड’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न ६०औँ वार्षिक दिवसका अवसरमा कीर्तिपुरस्थित विश्वविद्यालयको नवनिर्मित उपकुलपति कार्यालय भवन र सरस्वती मन्दिरको उद्घाटनका क्रममा हिलोमाथि रातो कार्पेट नभई प्लाइउड बिछ्याइएको स्पष्ट पारेको छ ।
 
    प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट उद्घाटित सो भवनमा ‘हिलोमाथि रातो कार्पेट’ भनी समाचार सम्प्रेषण गरिएकामा विश्वविद्यालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।


Advertisment
Nabil box
Kumari

    प्लाइउडलाई रातो कार्पेट मानी प्रकाशित समाचारले आफ्नो संस्थाको गरिमालाई धमिल्याउने नियत भएको कार्यप्रति दुःख प्रकट गर्दै विश्वविद्यालयले यस्ता हुँदै नभएका विषयलाई लिएर अतिरञ्जित गर्ने कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । 

Vianet communication

जिल्ला इञ्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेकपामा 

नेत्र विक्रम चन्द समूहका मेची–कोशी ब्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्जसहित एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । 

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई बिहीबार आफ्नै निवास खुमलटारमा स्वागत गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडल दिने नेतृत्वको सपना भएको बताए । 

कार्यक्रममा सगरमाथा ब्यूरो सदस्य एवम् सङ्खुवासभा सेक्रेटरी छिरिङ शेर्पा, पाँचथर जिल्ला सचिवालय सदस्य वीरेन्द्र मगराती, झापा जिल्ला सदस्य नारदमणि साम्पाङ, सोलुखुम्बु जिल्ला सदस्य नवराज ढकाल, धनकुटा जिल्ला सदस्य एडी राई, सोलुखुम्बुका जिल्ला सेक्रेटरी वीरता खड्का, सङ्खुवासभा जिल्ला सदस्य प्रतिमान राई, कोशी व्यूरो सदस्य नवराज राई, चन्द समूहका युवा सङ्गठन सङ्खुवासभाका जिल्ला सदस्यहरू भरत चापागार्इं र हरि चापागाईं नेकपामा प्रवेश गरे । 

दश लाख राहत

    सरकारले सर्लाही घटनाका मृतक सरोजनारायण सिंहको परिवारलाई राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

    यही असार १५ गते सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय अनुप रायको निधनपछि स्थानीयवासीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । यातायात सञ्चालन गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच भएको झडपमा स्थानीयवासी सरोजनारायण सिंहको मृत्यु भएको थियो । 

    चीनसँग हवाई सम्झौता पुनरवलोकन हुने 

    सरकारले चीनका विभिन्न गन्तव्यमा हवाई उडान सङ्ख्या वृद्धि गर्न चीनसँगको हवाई सम्झौताको पुनरवलोकन गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र चीन सरकारका प्रतिनिधिमण्डलबीच चीनको राजधानी बेइजिङ्गमा २५–२६ जुलाई २०१९ मा उडान सङ्ख्या वृद्धि, मार्ग सारिणी, पुनरवलोकन र द्विपक्षीय हितका अन्य विषयमा वार्ता गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको हो ।

    सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई सेवा सम्झौता हेर्ने सहसचिवको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने तथा नेपाल र चीन सरकारका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तापश्चात् तय हुने हवाई सेवासम्बन्धी समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई टोली नेताले हस्ताक्षर गर्ने निर्णय गरिएको सञ्चार मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विप्लव समूह ‘वार्तामा तयार’
प्लव समूह सरकारबाट लिखित प्रस्ताव आए वार्तामा बस्न तयार देखिएको छ । उक्त समूहको साताअघि बसेको स्थायी कमिटी बैठकले सरकारले लिखित पत्र पठाए वार्ता बस्ने निर्णय गरेको हो । नागरिक समाज, सञ्चारकर्मी र राजनीतिक दलले दिएको सुझावअनुसार वार्तामा बस्ने निर्णय गरेको स्थायी कमिटीका एक सदस्यले बताए ।

‘यसअघि सरकारले पत्र पठाएको हल्ला मात्र र्गयो’, पत्र पठाएन,’ उनले भने, ‘यसपटक पार्टीले वार्ता बस्ने औपचारिक निर्णय गरेको छ । सरकार पनि इमानदार भएर आउनुपर्छ ।’ यसअघि चन्द समूहले पक्राउ परेका नेतारकार्यकर्तालाई रिहा नगरेसम्म वार्ता नबस्ने भन्दै आएको थियो ।

‘वार्तामा आउने निर्णयलाई सरकारले कमजोरीका रूपमा लिए मुलुकका लागि दुर्भाग्य हुन्छ,’ ती केन्द्रीय सदस्यले भने, ‘सरकारले कस्तो रबैया देखाउँछ, हेरौं ।’ ठूलो संख्यामा नेतारकार्यकर्तालाई पक्राउ गर्दासमेत आम जनचाहनाअनुसार वार्तामा बस्ने निर्णय गरिएको उनले दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ । 

नेपालगञ्ज डुबानमा 

    पानीको निकास हुन नसक्दा नेपालगञ्ज डुबानमा परेको छ । बागेश्वरी मन्दिर भएर बग्ने नाला तथा सदरलाइन हुँदै भेरी प्राविधिक शिक्षालय भएर बग्ने मुख्य नाला थुनिँदा जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ । 

    ढल तथा नालाको निकास थुनिँदा नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । ठेकेदारले अधुरै छाडेपछि नालामा घाँस उम्रिएर निकास थुनिएको हो । पानी जम्मा भएपछि बस्ती पूरै डुबानमा परेको छ । उक्त ढल उपमहानगरपालिकाले एकीकृत शहरी विकास आयोजनामार्फत एशियाली विकास बंैकको ऋण अनुदान सहयोगमा दुई वर्षअघि निर्माण गरेको हो । सडकमा हिँड्डुल गर्न समस्या भएको छ । यस्तै विराननगरपनि जलमग्न भएको छ । 

    १९५ मेगावाट विद्युत् थप 

    चाल आर्थिक वर्ष २०७५÷०७६ मा नेपालमा १९५ मेगावाट विद्युत् थप भएको छ भने ९१५ किलोमिटर सडक कालोपत्रे भएको छ । सो विद्युत् थप भएसँगै मुलुकको कुल विद्युत्जडित क्षमता एक हजार ३२५ मेगावाट पुगेको छ जुन अघिल्लो आवको तुलनामा ७७ प्रतिशतले वृद्धि हो । त्यस्तै ६६ केभीभन्दा बढी क्षमताको ७५७ किमी प्रसारण लाइन निर्माण सम्पन्न भएको सरकारले जनाएको छ । प्रधानमन्त्रीबाट चालु आवमा ‘जनताको जलविद्युत् कार्यक्रम’ शुभारम्भ गरिएको थियो । 

    मोबाइल चार्ज गर्दा मृत्यु

    झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको बिहीबार मृत्यु भएको छ ।
 
    मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर बस्दै आएका रोशन महतोको चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

  सहकारी संस्थाबाट १५ लाख चोरी

    काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ । 

    रातको समयमा चोरी भएको भए पनि बिहीबार बिहान मात्रै घटनाबारे थाहा भएको थियो । ताला फोडेर भित्र पसेका अज्ञात व्यक्तिले सिसी क्यामरासमेत तोडमोड गरी चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
 
    चोरीमा संलग्नहरू फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    यस्तै     नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भनी ठगी गरेको आरोपमा काठमाडौँको नागार्जुन नगरपालिका–७ सीतापाइलाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ धुनिबेँसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्रप्रसाद लुइँटेल रहेको प्रहरीले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x