×

NMB BANK
NIC ASIA

खेवाङ गोलकप : लालिगुराँसलाई उपाधि

असोज २१, २०७६

NTC
Premier Steels

ताप्लेजुङ– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेवाङमा आयोजित खेवाङ गोलकपको उपाधि लालिगुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले हात पारेको छ ।

Muktinath Bank

बडादशैं तथा शुभ दीपावलीको अवसरमा आयोजित प्रतियोगितामा नालिफुङ्वा स्पोर्टिङ क्लब पेदाङलाई १–० गोल अन्तरले पराजित गर्दै लागिलुराँस स्पोर्टिङ क्लब सुरुम्खीमले उपाधि हात पारेको हो । लालिगुराँसको जीतका लागि अर्जुन लिम्बूले गरेको गोल नै पर्याप्त बन्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जितसँगै लालिगुराँसले नगद रु एक लाख १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता पेदाङले रु ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टिमलाई १ नम्बर प्रदेशका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङलगायतले पुरस्कार प्रदान गरेको प्रतियोगिताको आयोजक खेवाङ स्पोर्टिङ क्लबका अध्यक्ष विनम माबोले जानकारी दिए। 


Advertisment
Nabil box
Kumari

ग्रामीण क्षेत्रलाई खेलकूदका गतिविधिमा अघि बढाउँदै खेलकूदकै माध्यमबाट आफ्नो क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यसहित गत १५ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियो ।

Vianet communication

खेवाङस्थित गणेश माविको खेल मैदानमा सञ्चालित प्रतियोगितामा झापा लगायतका गरी १६ टिम सहभागी थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x